संसारकै सवैभन्दा पातलो मोवाईल आउँदै

काठमाडौं, कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी सिरिजको सवैभन्दा पातलो फोन लञ्च गर्ने तयारी गरेको छ । यस फोनको नाम ग्यालेक्सी ए सेभेन राखिएको छ भनें यो ६ दशमलव ६ मिमि पातलो हुने बताइएको छ ।

सामसुङको यो फोन मेटल बडीको हुनेछ । यो ग्यालेक्सी अल्फा भन्दा पनि पातलो रहेको छ । अल्फा ६ दशमलव ७ मिमि मोटो थियो ।

ग्यालेक्सी ए सेभेनको स्क्रीन ५ दशमलव ५ मिमिको रहेको छ । साथै यसमा एचडी डिस्प्ले रहेको छ । २ जीबी र्याम रहेको यस फोनमा १६ जीबी इन्टरनल मेमेरो रहेको छ । यसमा १२ मेगापिक्सलको क्यामेरा रहेको छ । सेल्फी खिच्न चाहनेहरुका लागि ५ मेगापिक्सेलको क्यामेरा समेत यस फोनमा रहेको छ ।

यो फोन चीनमा लञ्च हुने अपेक्षा गरिएको छ । यसको मूल्य ५ सय अमेरिकी डलर हुने अनुमान गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय