साउदीमा एक नेपालीको ज्यान गयो

काठमाडौं, बैदेशिक रोजगारीका लागि साउदी अरेविया पुगेका एक नेपालीको दुर्घटनामा परेर ज्यान गएको छ । म्याग्दीका ३१ बर्षिय सतबहादुर भण्डारीको दमाममा सडक दुर्घटनामा परी ज्यान गएको हो । उनी २२ महिना अघि रोजगारीका लागि साउदी अरव पुगेका थिए । उनी दमाम डल्ला स्थीत एक चिनिया कम्पनीमा कार्यरत थिए । गत सोमवार कामतर्फ जाँदै गर्दा उनलाई एउटा गाडीले ठक्कर दिएको र उनको घटनास्थलमै निधन भएको जेद्धाबाट खेम कार्कीले टेलिफोनमा जानकारी गराएका छन् । भण्डारीसँग सामान्य चिनजान रहेको र दमामबाट आफूलाई पनि अन्य नेपालीले घटनाका बारेमा खवर गरेको कार्कीको भनाई छ । उनका अनुसार भण्डारीको शवलाई स्थानीय अस्पतालमा राखिएको छ र शवलाई नेपाल पठाउन पहल भइरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय