नेपाली युवतीको भारतमा सामुहिक बलात्कार

बर्दिया, बर्दियाकी एक १७ बर्षिय युवती भारतमा मेला भर्न जाँदा सामुहिक बलात्कारमा परेकी छिन् । मुक्त कम्लरी ति युवतीलाई ४ भारतीय नागरिकले सामूहिक बलात्कार गरेका हुन् । नेपाल प्रहरीले स्वास्थ्य परीक्षणपछि ती युवती भारतीय प्रहरीको सेल्टरमा रहेको जनाएको छ । उनको अवस्था चिन्ताजनक रहेको छ ।

सीमावर्ती बहराइचको बिछियामा रहेको कटरिया बाबानजिक उनीमाथि बलात्कार भएको नेपाल युथ फाउन्डेसनका कानुन अधिकृत फक्ला थारूले बताए ।

राम विवाहमा गाउँका आफन्तसँग भारत गएकी उनीमाथि मंसिर १२ गते बलात्कार भएको जानकारी आफन्तले मंगलबार दिएका हुन् । रातभर जाग्राम बस्ने मेलामा उनलाई चार भारतीय युवाले राति १२ बजे जबर्जस्ती जंगलमा लगेर बलात्कार गरेका थिए । घटनापछि मार्ने प्रयास गर्दा स्थानीयवासीले देखेपछि उनीहरू भागेका थिए ।

ती युवतीको शरीरका विभिन्न अंगमा चोट लागेको उनका आफन्तले बताएका छन् । घटनाको नेपाल प्रहरीले पुष्टि गरेको छ । भारतीय सीमावर्ती चौकी धनौराका सई बमबहादुर राउतका अनुसार बलात्कारपछि उनलाई स्वास्थ्य परीक्षण र उपचार गर्न बहराइच जिल्ला अस्पताल लगिएको थियो । उनी अहिले पनि भारतीय महिला प्रहरीको संरक्षणमा छिन् ।

घटनापछि आफन्तले स्थानीयवासीको सहयोगमा मुद्दा दर्ता गराएका छन् । घटनास्थल नजिकको प्रहरी चौकीले मुद्दा दर्ता गराउन आलटाल गरेपछि स्थानीयको सहयोगमा दर्ता गराइएको पीडितका आफन्तले बताए ।

भारतीय प्रहरीले बलात्कारका ४ अभियुक्तमध्ये तीन जना श्यामदेव, किसुन र राजन चौधरीलाई पक्राउ गरेको छ । अभियुक्त राजु चौधरी भने फरार रहेको धनौराका सई बमले बताए । अभियोगीका आफन्तले मुद्दा फिर्ता लिन १० लाख भारु सहयोग गर्ने जस्ता प्रलोभन दिएको स्रोतले बतायो । गाउँका सम्पन्न परिवारका अभियुक्तलाई छुटाउन भारतीय प्रहरीले पनि पीडित अभिभावकलाई घटना अघि नबढाउन दबाब दिएको स्रोतको भनाइ छ ।

कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: