झुक्याएर यूएई ल्याइएकी शान्ता नेपाल फर्किन पाउने

उत्तम अधिकारी, यूएई – आफन्तले नै झुक्याएर यूएई ल्याई ६ महिनासम्म बिभिन्न दुःख भोगेकी शान्ता मिजार घर फर्कन पाउने भएकी छिन् ।

बिगत केहि समयदेखि नेपाली राजदुतावास आबुधाबिको महिला सेल्टरमा बस्दै आएकी मिजार सोमवार आबुधाबी इमिग्रेसन जादैछिन् । उनलाई आबुबिधावीको इमिग्रेसनले टिकट लगायतका लागि १ हजार ५ सय दिर्हाम जम्मा गराउन भनेको तर आफुसंग उक्त पैसा नभएकाले सहयोगको अपिल गरेकी थिइन् ।

सेप्टेम्बर ३० का दिन सिन्धुपाल्चोक सेवा समाज यूएईको पहलमा समस्यामा परेकी मिजारलाई उद्धार गरी दुतावास पुर्याइएको थियो । इमिग्रेसनले मागे बमोजिमको उक्त रकम प्रवासी नेपाली मंच यूएई, सिन्धुपाल्चोक सेवा समाज यूएई र काभ्रे सम्पर्क समिती यूएईले संयुक्त रुपमा प्रदान गरेका हुन् ।

आइतवार दुतावासमा यूएईका लागि नेपाली राजदुत धनन्जय झाका सामु मंचका महासचिव उत्तम अधिकारी, गैर आवासीय नेपाली संघ यूएईका अध्यक्ष कृष्ण प्रसाद भुसाल तथा नेपाली बिजनेस काउन्सिल दुबईका सचिव दिपकराज पौडेल सहितको उपस्थितिमा सो रकम प्रदान गरिएको थियो । त्यस क्रममा मिजारले आफु सोमबार इमिग्रेसन जाने र त्यहाँ २ दिन जति त्यहाँ ९इमिग्रेसनको डिपोर्ट सेन्टर० बसे पश्चात मुलुक फर्कन पाउने सूचना आफुलाई प्राप्त भएको बताइन् । इमिग्रेसनमा उक्त रकम जम्मा गराएपछी नेपाल जाने टिकट त्यहीं प्राप्त हुने जानकारी आफुले पाएको उनले बताइन् ।

आफन्तको ललाई फकाइमा यूएई आइपुगेकी उनको कथा यस्तो छ आफन्तको ललाई फकाईमा उनी भारतको बाटो हुँदै अन्जानवस यूएई आइपुगेकी थिइन् । काभ्रे भकुन्डेवेसी स्थायी घर भएकी उनलाई सिन्धुपाल्चोककी सानीआमा नाता पर्ने मिना र तिनकी साथी कविताले फकाएर काठमाडौँ पुर्याएका थिए । त्यहाँबाट कविताको श्रीमान रामबहादुर तामांगले रात्रिवस चढाएर गत जेष्ठ १४ गते भारत पुर्याएको उनी बताउछिन् । आफुले जान्न खोज्दा १ दिनपछि नेपाल पठाउने भन्दै आफ्नो जानकारी बिना नै दुबई ल्याइएको र यी सबैकुरा आफुलाई थाहा नै नभएको मिजारले बताएकी छिन् ।

“यहाँ आएपछि मलाई बिभिन्न स्थानमा बिभिन्न घरायसी काम गर्न लगाइयो, कुटपिट पनि गरियो र कसैसंग सम्पर्क र भेटघाट गर्न पनि दिइएन । तब मैले आफुलाई बेचिएको रहेछ भन्ने थाहा पाएँ” उनि भन्छिन् ।

उनको साथमा पासपोर्ट तथा त्यसको प्रतिलिपि र पासपोर्टको बिबरण नहुँदा तथा यूएई छिरेको एयरपोर्टको समेत उनलाई ज्ञान नभएका कारण दुतावासलाई उनको पासपोर्ट प्राप्त गर्न निकै कठिनाई भएको थियो । अब भने आफ्नो मातृभूमि फर्कन पाएकामा उनले ढुक्क महशुस गरेकी छिन् । भन्छिन् “म विदेश आउदिन” ।

न्यूजहिमालय डटकमबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय