
काठमाडौं, खैरो रंगका चराहरुलाई सडकमा यताउति डुलिरहेको देखेपछि अफगानिस्तानका प्रहरी अधिकारीहरुलाई शंका लाग्यो । ति मध्ये एउटालाई गोली हानियो । जव गोली लाग्नासाथ त्यहाँ विष्फोट भयो अनी नयाँ रहस्य पत्ता लाग्यो अफगानिस्तानमा चराबम बनाइएको रहेछ । यसरी चराबम भेटिएको पहिलोपटक भएको प्रहरी अधिकारीहरुले बताएका छन् ।
चरा बिष्फोट हुनासाथ केहि धातुका बस्तुहरु पनि छरिए । त्यसलाई अनुसन्धान गर्दा पत्ता लाग्यो चराको आकारको त्यो बस्तुमा जीपीएस र सानो क्यामेरा पनि जडान गरिएको थियो ।
प्रहरीका अनुसार यस्तो प्रकारको चरा सवैभन्दा पहिले अफगानिस्तानको उत्तरमा पर्ने फरयावाद क्षेत्रको एक प्रहरी चेकप्वाईन्टको आसपासमा देखिएको थियो । ति चराहरुको शरिरमा एण्टेना, विस्फोटक पदार्थ र एक ईलेक्टोनिक उपकरण बाँधिएको थियो । जाँचकर्ताहरुका अनुसार चरालाई सायद जासुसी गर्नका लागि प्रयोग गरिंदै थियो । विस्फोटक पदार्थ बाँधिएको चरा भेटिएको क्षेत्र तालिवान आतंकवादीको पकडको क्षेत्र हो ।
हालै इजरायलमा हमासका योद्धाले इजरायली सैनिकलाई लक्षित गर्दै बम बाँधिएको गधा पठाएर आक्रमणको प्रयास गरेका थिए । यहि बर्ष चीनमा पनि पंक्षि बमको आशंकामा प्रहरीले कडा चेकजाच गरेको थियो ।