मलेसियामा एक नेपालीको शव अलपत्र

खोटाङ,  नुहाउने क्रममा चिप्लिएर मलेसियामा ज्यान गुमाएका खोटाङका एक युवाको शव अस्पतालमै अलपत्र परेको छ । गत मंसिर–२ गते बाथरुममा लडेर ज्यान गुमाएका माक्पा–३ बेप्लाका २१ वर्षीय खुशीमान राईको शव अस्पतालमै अलपत्र परेको हो ।  मलेसियाको जोहोरबाहरुमा रहेको रिल कम्पनीमा कार्यरत खुशीमानलाई लडे लगत्तै साथीहरुले अस्पताल लाने क्रममा बाटैमा ज्यान गएको थियोे । रोजगारीको सिलसिलामा छ महिना अघि मलेसिया पुगेका खुशीमानको शव कम्पनीले पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा नलगाएका कारण अलपत्र परेको उनका साथी प्रदिप राईले जानकरी दिए । ऋण काढेर मलेसिया पुगेका राईको छ महिना नबित्दै उतै ज्यान गएपछि आफूहरुको बिचल्ली भएको परिवारले जनाएको छ । कार्वन ओभरर्सिस कम्पनी काठमाडौंबाट मलेसिया पुगेका मृतक राईको आमा, चार दिदी र एक दाजु छन् । दाजु हाल मलेसियामा नै कार्यरत रहेको पारिवारिक स्रोतले जनाएको छ । कारोवारबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय