
दुबई, एनआरएन भवन बनाउन गरिएको सहयोग प्रकृयाका बारेमा एनआरएन, यूएईमा विवाद भएको छ । संकलित रकम कुनै जानकारी नदिई खुसुक्क लगेर बुझाइएको भन्दै एनआरएनका केहि नेताले आपत्ति जनाएका छन् । नेतृत्व समितिका पदाधिकारीहरुलाई समेत जानकारी नगराइ पैसा पठाएको छ नाम नलेख्न आग्रह गर्दै उनले भने नेतृत्वले संगठानत्मक पद्दती सिक्न जरुरी छ ।
एनआरएन युएईले काठमाडौमा निर्माण हुने एनआरएन भवनको लागि दुई हप्ता अघि २ लाख रुपैयाँ सहयोग प्रदान गरेको थियो । एनआरएन युएईका महासचिव गोपाल कँडेलले गत १९ नोभेम्बरका दिन उक्त रकम काठमाडौ स्थित एनआरएनएको सचिवालयमा गई हस्तान्तरण गरेका थिए ।
यसैबीच एनआरएन युएईका उपाध्यक्ष तथा उक्त रकम संकलन समितिका संयोजक सुदिप कार्कीका अनुसार युएई एनसीसीले प्रतिबद्दता गरेको ५ लाख रुपैयाँ मध्ये २ लाख रुपैयाँ बुझाईएको र बाँकी रकम पनि चाडै नै पठाइने छ । युएई प्रवक्ता नवराज बस्नेतले एनआरएनएको आफ्नो भवन हुनु गवको कुरा हो भन्दै यो अभियानमा साथ दिन सबैसँग आव्हान गरेका छन ।
एनआरएनएले काठमाडौमा आफ्नै एनआरएनए भवन निर्माण गर्ने योजना बमोजिम विश्व भरी रहेका गैर आबासिय नेपालीहरु सँग सहयोग संकलन गरिरहेको छ ।