मोसुको बनभोज राजारानीमा

खगेन्द्र कार्की, कतार मोरङ सुनसरी सेवा समाज नेपालले इटहरी नगरपालिकाको सांस्कृतिक भवनको सभाहलमा तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले तेस्रो वार्षिकोत्सव तथा बनभोज मोरङको भोगटेनी गाविसमा रहेको राजारानी पोखरीमा मनाउने समेत निर्णय गरेको छ ।

साधारणसभामा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि गाविस महासंघ सुनसरीका अध्यक्ष रमेशकुमार बस्नेतले संघसंस्थाले गरेका गतिविधिलाई डलरमुखी देख्ने समाजले मोरङसुनसरी सेवा समाजबाट आफ्नै सदस्यहरु माझबाट गरेका सामाजिक अभियानलाई अन्य संघसंस्थाभन्दा पृथक ढंगले हेर्नु पर्ने र त्यसरी हेर्न लायक रहेको बताए । दुई जिल्लालाई कार्य क्षेत्र बनाएर अगाडि बढेको संस्था हाल सानो आकारको भएपनि यसका गतिविधिहरुले बिस्तारै फैलिँदै सुपरिचित संस्थाका रुपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए ।

स्वागत मन्तव्यकै क्रममा विशेष अतिथि कुमार कार्कीले मोसुको नारा “मोरङसुनसरीको चाहना सभ्य र समृद्ध समाजको स्थापना” लाई सार्थक पार्न विश्वभरीछरिएर रहेका मोसुवासी दाजुभाई तथा दिदीबहिनीहरु जहाँ, जो, जुन अवस्थामा रहेपनि आ–आफ्नो ठाउँबाट सकेको सहयोग र संस्थाप्रति सक्रियता देखाएर मोसुको अभियानलाई साथ दिँदै संस्थाको नारालाई सार्थक बनाउने सन्देश प्रवाह गरिदिन प्रवासका साथीहरुको समन्वयमा स्वदेशमा रहेका तिनका परिवारलाई समेत आव्हान गरेका थिए ।

संस्थाका अध्यक्ष गोकुलबहादुर थापाको सभापतित्वमा सञ्चालित खुल्ला सत्रको कार्यक्रममा २०७०/०७१ को प्रगति प्रतिवेदन संस्थाका महासचिव उत्तम श्रेष्ठ सेनले प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रामनाथ भण्डारीले सोही वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रगति प्रतिवेदनले मोसुका प्राकृतिक, धार्मिक, औद्योगिक स्थानहरुको प्रचारप्रसार, पर्यटन एवं औद्योगिक प्रवद्र्धनका निम्ति निर्माण गर्ने बृत्तचित्र निर्माण अभियानलाई अबका दिनमा प्राथमिकतापूर्वक अगाडि बढाउने उल्लेख गरिएको छ ।

कार्यक्रममा बोेल्दै मोसु बहराईन शाखाका उपाध्यक्ष भक्तिप्रसाद शिवाकोटी तथा ओमान शाखाका सदस्य अमर थापाले मोसु नेपालका क्रियाकलापमा सक्दो सहयोग गर्ने बचनबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा नमूना बाल गृहका तर्फबाट अतिथ सचिव तेजबहादुर घिमिरे र अक्षयकोष समितिका उपसंयोजक प्रल्हाद थापाले मोसु नेपालका अध्यक्षलाई बालगृहको अक्षयकोष बृद्धिमा गरिएको आर्थिक सहयोगका लािग ‘टोकन अफ फ्रेण्डसीप’ प्रदान गरेका थिए ।

खुल्ला सत्रको अन्तमा कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष गोकुलबहादुर थापालेसंस्था वैदेशिक रोजगारीको पृष्ठभूमिबाट जन्मिएकोले तिता मीठा अनुभवका साथमा वैदेशिक रोजगारीका प्रसस्तै अँध्यारा उज्याला पाटाहरुको भोगिएकोलेसंस्था र संस्थाले गरेका गतिविधिलाई सुरक्षित तथा मर्यादित बनाउन सबैको योगदान र सक्रियता रहने औंल्याएका थिए । थापाले उर्जावान युवाहरुलाई स्वदेशमै स्वरोजगार र उद्यमी बनाउन सरकारका साथै कुनै पनि गैरसरकारी तथा निजी क्षेत्रले संचालन गर्ने कार्यक्रममा स्वदेशी साझेदारी तथा महत्वपूर्ण भूमिका निर्वाह गर्न मोसु इच्छुक रहेको बताए ।

खुल्लासत्रको समापनसँगै बन्दसत्र सञ्चालन भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय