जहाजमा सुँगुर लान खोजेपछि ….

काठमाडौं, हालै एक महिलालाई विमानबाट अचम्मको एक कारणले उतारिएको छ । उनले साथैमा लगेको पाल्तु सुँगुरले विमानभित्र धेरै हल्लाखल्ला मच्चाएको गरेको र फोहोर पारिदिएको भन्दै विमानका कर्मचारीले ति यात्रुलाई विमानबाटै निकालिदिएका हुन् ।

घटना अमेरिकामा भएको हो । कतिपयले यो घटनालाई हाँसउठ्दो बताएपनि कतिपय भनें ति महिलाका पक्षमा उभिएका छन् । अमेरिकामा निक्कै महत्वका साथ मनाइने थ्याँक्स गिभिङ डे भन्दा अघिल्लो दिन यूएस एयरवेजमा यो घटना भएको थियो ।

२९ बर्षे रेचल बर्नर घर जाँदै थिएन् । उनले हवी नामको एक सुँगुर पालेकी छन् । रेचलका अनुसार उनलाई सुँगुर निक्कै मन पर्छ । उनी गत बुधवार हार्टफोर्डबाट यूएस एयरवेजको जहाज चढेर घर जाँदै थिइन् । तर विमान उड्नु अघि नै उनको सुँगुर कराउन थालेपछि र विमान भित्र फोहोर पारिदिएपछि विमानका अरु यात्रुले गुनासो गरेका थिए । त्यसको १० मिनेटपछि रेचल र उनको पाल्तु सुँगुरलाई जहाजबाट ओरालिएको थियो ।

रेचलका अनुसार उनको पाल्तु सुँगुर निक्कै तालिमप्राप्त र समझदार छ । रेचललाई सुँगुर बेच्ने व्यापारीले समेत विमान कम्पनीले गलत काम गरेको भन्दै आलोचना गरेका छन् । जहाजको टिकट काट्नुअघि रेचलले आफ्नो साथमा त्यो पाल्तु सुँगुर लैजाने अनुमति समेत लिएकी थिइन् । रेचलले सुरुमा विमानका कर्मचारीले आफ्नो सुँगुरलाई स्वागत समेत गरेको बताएकी छिन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: