
उत्तरः सुरेश जी, तपाई के समस्याले नेपाल फर्किन खोज्नु भएको हो प्रष्ट भएन । यदि सम्झौता बमोजिम काम नपाएको वा यस्तै कुनै कारण भएमा प्रकृया अघि बढाउन सक्नुहुन्छ । तर त्यसै हो भनें करार बमोजिम बस्नुपर्ने हुन्छ । तपाईले आफूलाई परेको समस्याका बारेमा तपाईलाइ नेपालबाट पठाउने म्यानपावर कम्पनीसँग सम्पर्क गर्नुहोला र समस्याका बारेमा अवगत गराउनु होला । मलेशियाको क्वालालम्पुरमा रहेको नेपाली दुतावासमा पनि गएर आफ्ना समस्या राख्न सक्नुहुन्छ । त्यहाँबाट पनि तपाईले कुनै सहयोग पाउनु हुन्छ । (बद्रीकुमार कार्की, प्रवक्ता, बैदेशिक रोजगार विभाग)