मसँग मलेसिया लैजान १ लाख ८० हजार माग्यो
प्रश्नः मेरो नाम शंकर राई हो । घर ओखलढुँगा जिल्लामा पर्छ । म सेक्यूरिटी गार्डमा मलेसिया काम गर्न जान खोज्दैछु । तपाईहरुले सरकारी नियम अनुसार ८० हजारमा मलेसिया पठाइन्छ भनेर लेख्नु भएको छ । तर मेनपावरको मान्छेले १ लाख ८० हजार माग्छ । म कसरी तोके अनुसारको पैसा मात्र तिरेर मलेसिया जान सक्छु होला ?

उत्तरः शंकर जी, त्यसरी तपाईलाई कसले धेरै रकम मागेको हो, खुलाएर बैदेशिक रोजगार विभागमा उजुरी दिनुहोला । सकेसम्म त्यस्ता कुराको प्रमाण पनि जुटाउनु पर्छ । तपाईसँग कसैले त्यसरी सरकारले तोकेभन्दा धेरै रकम मागेको पुष्टि भएमा त्यस्ता म्यानपावर कम्पनीलाई कडा कारवाही हुन्छ । (बद्रीकुमार कार्की, प्रवक्ता, वैदेशिक रोजगार विभाग)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय