पीसले १ सय ६० जनालाई निशुल्क तालिम दिने

काठमाडौं, पीस प्राविधिक तालिम केन्द्रले १ सय ६० युवालाई निशुल्क तालिमका लागि आवेदन आव्हान गरेको छ । तालिम धादिङको महादेवस्थान, नवलपरासीको प्रगतिनगर र ललितपुरको ग्वार्खोमा सञ्चालन हुने तालिम केन्द्रका कार्यकारी निर्देशक लक्ष्मी शर्माले जानकारी दिए । धादिङमा सञ्चालन हुने तालिममा ड्रेस मेकर बिषयमा २० जनालाई तालिम दिईने छ भने नवलपरासीमा हुने तालिममा आल्मुनियम फेब्रिकेसन बिषयमा २० जनालाईनैं तालिम दिईनेछ । ललितपुरमा जुनियर प्लम्बर, आर्क वेल्डिङ, मोटर साईकल सर्भिस मेकानिक र बिल्डिङ ईलेक्ट्रिसियन बिषयमा लेभल १ को तालिम सञ्चालन हुने शर्माले बताए । यि सबै बिषयमा २०/२० जनाको दरले युवाहरुलाई तालिम दिईने उनले जानकारी दिए । यस्तै, निशुल्क तालिम कार्यक्रम अन्र्तगत लेभल २ मा मेकानिकल र टेलरिङ एण्ड गार्मेन्ट बिषयमा १०/१० जनालाई तालिम दिईने उनले बताए । तालिम पछि आफ्नै व्यबसाय सुरु गर्ने युवाहरुलाई ८ हजार रुपैंया बराबरको आधारभुत औजार समेत निःशुल्क उपलब्ध गराईने उनको भनाई छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय