अनिसका लागि उठेको ‘ब्लड मनी’ को रकम अरुलाई दिइने

काठमाडौं, दुबईमा मृत्युदण्डको सजाय सुनाईएका अनिस खालिङ राईको जीवन बचाउका लागि उठाईएको ब्लड मनी उहि प्रकृतिको घटनामा खर्च गरिने अनिस खालिङ राई बचाउ अभियान समितिले बताएको छ ।

काठमाडौंमा शुक्रवार पत्रकार सम्मेलन गरि यस्ताे जानकारी दिएको छ । राईको जीवन बचाउन कुनै अपरिचित व्यक्तिले ब्लड मनी बापतको सम्पूर्ण पैसा तिरिदिएको भन्ने खबरसँगै उठाईएको पैसा के गर्ने भन्ने अन्यौल मेटाउन समितिले पत्रकार सम्मेलन गरि यो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै समितिका सञ्चार संयोजक प्रकाश खालिङले भने ‘राईको जीवन बचाउन कसैले पैसा तिरिदिएको रहेछ, उ को हो भन्ने अझै खुलेको छैन । हामी पनि अन्यौलमा छौं ।’ यदि कसैले ब्लड मनी तिरिदिएको र यहि आधारमा राई छुटे भने उनी नेपाल फर्किएपछि ट्रष्ट खडा गरेर विदेशमा जेलमा रहेका नेपालीलाई सहयोग गर्न उठाईएको रकम खर्च गरिने उनले बताए ।

समितिले देश तथा विदेशमा गरि राईको जीवन बचाउन उठाएको ३ लाख ५ हजार दिराम गएको साउन २९ गते दुवई अदालतमा बुझाउन नेपाली दुतावासमा पैसा पठाएको थियो । युएईमा रहेको नेपाली दुतावासले अदालतमा पैसा बुझाउन जाँदा त्यसअघिनै ‘द एटोर्नी जेनेरल अफिस, जुडीसीएल डिपार्टमेन्ट’ का प्रमुखलाई कसैले पैसा बुझाईसकेको पत्ता लागेको थियो । ब्लड मनी जम्मा भैसकेकाले नेपालबाट पठाईएको पैसा फिर्ता गर्ने प्रक्रिया सूरु भैसकेको सञ्चार संयोजक खालिङले जानकारी दिए ।

पैसा फिर्ता गर्ने प्रक्रियासँगै परिवारलाई भने शंका र उपशंकाले झस्काइरहेको उनले बताए । दुबईमा जेलमा रहेका राई छुट्ने प्रक्रिया अब के हुन्छ भन्ने बारेमा परिवारले स्पष्ट जानकारी नपाएको उनले बताएका छन् ।

कामको खोजीमा २०६८ सालमा अनिस दुवई पुगेका थिए । सँगै काम गर्ने एक पाकिस्तानी नागरिक हत्याको आरोपमा आबुधाबीको अदालतले उनलाई मृत्युदण्डको सजाए सुनाएको थियो । त्यसबापत ब्लड मनी तिरेपछि उनको सजाए माफि हुने भएकाले नेपालमा समिति गठन गरेर रकम उठाईएको थियो ।

सँगै काम गर्ने एक जना समलिगीं पाकिस्तानी नागरिकले अनिसमाथि यौनदुव्र्यवहार गरेपछि प्रतिकार गर्दा उक्त पाकिस्तानी नागरिकको मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय