इजरायलबाट फर्केपछि सीप र प्रविधि विस्तार गर्दै

काठमाडौं, कृषि प्रविधि तथा व्यबसायिक कृषि फार्मका बारेमा जानकारी लिन चाहने युवाको पहिलो रोजाई हो इजरायल । नेपालबाट १० महिने कृषि तालिमका लागि बिद्यार्थीहरु इजरायल पुगेका छन् । त्यस्तै रोजगारीका लागि इजरायल पुगेका नेपालीको रोजाई पनि कृषि क्षेत्रनैं हुने गरेको छ । ११ बर्ष अघि रोजगारीका लागि इजरायल पुगेका मकवानपुर हेटौंडाका श्रीकृष्ण अधिकारी पनि कृषि क्षेत्रमैं रमाउन पुगे । उनले त्यहाँ आठ बर्षको अवधिमा विभिन्न व्यबसायिक फार्ममा राम्रो अनुभव बटुलेका छन् ।

नेपाल फर्किएपछि उनले काठमाण्डुमा इजरायली प्रविधिमा आधारित फार्म सुरु गरे । झण्डै चार बर्ष पुग्न लाग्यो उनले शलोम एग्रिकल्चर प्रालि नामको कम्पनी दर्ता गरेर व्यबसायिक रुपमा कृषि क्षेत्रमा काम गर्न थालेको । उनले फार्ममा तरकारी खेतीसँगै थोपा सिंचाई प्रविधिलाई देशव्यापी विस्तार अभियान बनाएरै अघि बढे ।

इजरायली प्रविधिबाट खेति गर्दा उत्पादन बढ्ने मात्र नभै जनशक्ति पनि कम लाग्छ । त्यसैले व्यबसायिक कृषि गर्न चाहने किसानले अहिले इजरायली प्रविधिलाई रोज्ने क्रम बढेको अनुभव सुनाउँछन् अधिकारी । उनले २५ जिल्लाका तीन सय व्यबसायीक फार्ममा इजरायली प्रविधि अन्र्तगतको थोपा सिंचाईलाई विस्तार गरिसकेका छन् ।

थोपा सिंचाई प्रविधिबाट तरकारी खेति गर्दा तरकारीको उत्पादन ३० देखी ६० प्रतिशतसम्म वृद्धि हुने अधिकारी दाबि गर्छन । साथै यो प्रविधिमा पानी सँगसँगै औषधी र मलखाद पनि दिन सकिन्छ । जसका कारण बिरुवामा बराबर मात्रामा मलखाद र सिंचाईको परिपुर्ति हुने उनले बताए ।

५० रोपनी जग्गामा आफ्नै व्यबसायीक फार्म

कृषि प्रविधिलाई देशका विभिन्न ठाउँमा हस्तान्तरणसँगै उनी आँफैले मकवानपुर र काठमाण्डुका विभिन्न ठाउँमा ५० रोपनी जग्गामा व्यबसायिक फार्म सञ्चालन गरिरहेका छन् । फार्ममा अहिले टमाटर, काउली, चाईनिज फर्सि, साग तथा धनिया लगायत हरिया तरकारीको उत्पादन भैरहेको छ । उत्पादन भएका सबै तरकारी ठेकेदारले आफ्नै फार्मबाट उठाउने गरेको अधिकारीले बताए ।

काठमाण्डुको गोलढुंगामा उनले बिरुवा उत्पादन गर्ने आधुनिक नर्सरी पनि सञ्चालन गरेका छन् । गमलामा कोकोपीट(नरिवलको धुलो) र गड्यौंले मल राखेर बिरुवा उत्पादन थालिएको उनले बताए । यसरि उत्पादन गरिएको बिरुवा गुणस्तरीय हुने उनको भनाई छ ।

कृषि क्षेत्रमा काम गर्ने युवाहरुको लागि प्रशस्त अवसर रहेको उनको बुझाई छ । ‘हामीले नबुझेका रहेछौं, इजरायल जस्तो मरुभुमिमा त कृषिको चमत्कार भएको छ ।’ उनि भन्छन्–‘आँट गर्ने युवाका लागि कृषि क्षेत्रमा अवसरनैं अवसर छ ।’

13647_590084987803885_7991869429549581134_n

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: