मनिषालाई कतारका नेपालीले गरे २ लाख सहयोग

कतार, मृगौला रोगबाट पीडित झापाको शिवगन्ज बहुमुखी क्याम्पसमा बीबीएस तेश्रो वर्षमा अध्ययनरत २२ वर्षीया मनिषा लम्सालको उपचारमा सहयोग गर्न कतारमा २ लाख नेपाली रुपैयाँ संकलन भएको छ । जन आदर्श भूपू विद्यार्थी सम्पर्क मञ्च कतारको पहलमा रकम संकलन गरिएको थियो । कतारको अलखोरस्थित अल मिस्नाद कम्पनीमा कार्यरत नेपालीहरुबाट रकम संकलन गरिएको हो । रकम संकलनका लागि शिवगन्जका इन्द्र खड्का र नेत्र बोहोरालाई सयोजक तोकिएको थियो । संकलन भएको रकम एक साताभित्रै परिवारको हातमा पुर्याईने मञ्चका कार्यवाहक अध्यक्ष मुकेश सुब्बाले बताए । रकम संकलनमा योगदान दिने तथा सहयोग गर्ने सबैलाई मञ्चले नोभेम्वर २८ तारिख दोहामा बैठक बसेर विशेष धन्यवाद दिएको छ । मञ्चले २ महिनाअघि मृगौला रोगबाट पीडित लम्सालको उपचारमा सहयोग गर्न आह्वान गरेको थियो । उक्त आह्वान गरे लगत्तै रकम संकलन अभियान अमेरिकाबाट सुरु भएको थियो । यो पनि पढ्नुहोस्  https://deshparadesh.com/kidneyfail-manisha-help/  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: