एनआरएनद्धारा कतारमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

रवि रोषी, दोहा गैर आवासीय नेपाली संघ दोहा कतारले निःशुल्क स्वास्थ्य शिविर चलाउने भएको छ । स्वास्थ्य शिविर कतारको एटलास पोलिक्लिनिकसंगको सहकार्यमा एनआरएन कतारले गर्न लागेको हो ।

आगामी डिसेम्बर ५ तारिख शुक्रवारका दिन कतारको औद्योगिक क्षेत्र सनैया ग्राण्डमल स्थित एटलास पोलिक्निकमा स्वास्थ्य शिविर चलाइने गैर आवासीय नेपाली संघ कतारले जनाएको छ ।

कतारमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाई, दिदी बहिनीहरुमा स्वास्थ्य सम्बन्धी कुनै समस्या भएमा शिविर बस्ने मितीको विहान ७ बजे देखि दिउँसो १ बजेसम्म शिविर स्थलमा आफ्नो नाम दर्ता गराई स्वास्थ्य लाभ लिनको लागि गैर आवासीय नेपाली संघ दोहा कतारले प्रेषित सूचनामा जनाएको छ ।

यस अघि पनि गैर आवासीय नेपाली संघ दोहा च्याप्टरले स्वास्थ्य सम्बन्धी शिविर हरु सञ्चालनमा ल्याएर निशुल्क स्वास्थ्य सेवा र परामर्श प्रदान गर्दै आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय