साउदीमा गयो ज्यान

झापा, रोजगारीका लागि साउदी अरब गएका झापाका एक युवाको मृत्यु भएको दुई साता हुनलाग्दा समेत शव नआएपछि परिवारको पीढा अझ बढेको छ ।

साउदी पुगेका झापा, लखनपुरका २८ बर्षे सुनिल हलुवाईको गत मंसिर १ गते निधन भएको थियो । अघिल्लो दिन फोनमा कुराकानी गरेका हलुवाईको भोलीपल्टै निधन भएको खवर आएको थियो । मृतककी बहिनी पुष्पाका अनुसार सुनिलले अघिल्लो दिन घरमा कुराकानी गरेका थिए ।

उनका अनुसार सुनिलले बैशाखमा आफू फर्किने बताए थिए । ‘आउनेलाई घिउ र गुन्द्रुक पठाइदिनु भन्नु भएको थियो, तर मगाएका कुरा तयार पार्न नपाउँदै यस्तो खवर आयो’ उनले रुँदै भनिन् ।

साउदी अरबको रियाद शहरस्थित लुलु साउदी हाइड्रो सुपर मार्केटमा सुपरभाइजरका रुपमा कार्यरत सुनिल डयुटीमा रहेकै बखत लडेका थिए ।

साउदीमा रहेका नातेदार र सुनिलका साथी भाईलाई उदृत गर्दै परिवारले जनाए अनुसार डयुटीमा रहेका बखत एक्कासी ढलेका सुनिललाई नजिकैको स्वास्थ्य संस्थामा प¥र्याइएको थियो तर उपचार सफल हुन सकेन । लगिएको थियो । केहि समयको उपचारपछि उनको निधन भएको थियो ।

छोराको मृत्युको खवर सुने पछि मुर्छित बनेकी आमा अझै अर्धचेत छिन् ।

कारोवारबाट

यो पनि पढ्नुहोस् 

https://deshparadesh.com/nepali-killing-in-uae/ https://deshparadesh.com/malaysia-death/

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: