भारतमा फेसबुक मार्फत एक युवतीद्धारा आफूलाई बेच्ने घोषणा

काठमाडौं, भारतको बडोदराकी एक युवतीले आफूलाई बेच्ने भन्दै किन्न ईच्छुकलाई सम्पर्क गर्न आग्रह गरेकी छिन् । आफ्ना बिरामी बाबुआमाको सहयोगका लागि आफूले यस्तो निर्णय गरेको उनले लेखेकी छिन् ।

जुन युवक उनको परिवारको जिम्मेवारी उठाउन तयार छ त्यो व्यक्तिसँग आफू रहन राजी भएको उनले बताएकी छिन् । उनकी आमालाई प्यारालाइसिस भएको छ भनें बाबु एक दुर्घटनामा परेर अपाङ्ग भएका छन् ।

हाल एउटा भाडाको कोठामा बस्ने उनीहरुलाई परिवार चलाउन नै मुस्किल परेको युवतीले आफ्नो फेसबुक वालमा लेखेकी छिन् । उनले आर्थिक दुरावस्थाका कारण आफू यस्तो निर्णयमा पुगेको भावुक कुरा लेखेकी छिन् । कतिपयले उनलाई त्यसपछि सम्पर्क गरेको र आफू सहयोग गर्न तत्पर रहेको बताए पनि उनीहरु मध्ये धेरैजसोले शारीरिक सम्पर्कको आशय प्रकट गरेको उनको भनाई छ ।

ति युवतीले आफूले यस्तो गर्दा आफूलाई लाज भइरहेपनि यो भन्दा अरु विकल्प आफूसँग नभएको बताएकी छिन् । आफ्नो परिवारलाई सहयोग गर्नेसँग आफू राजीखुसी विवाह गर्न तयार रहेको उनको भनाइ छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय