दुवईमा बन्दै छ ५ किलोमिटर लामो सुनको सिक्रि

काठमाडौं, विश्वकै सवैभन्दा लामो सुनको सिक्रि युएईमा बनिरहेको छ । यो ५ किलोमिटर लामो हुने र यसका लागि २२ क्यारेटको सुन १ सय ८० किलो लाग्ने अनुमान छ । यहि सुनको सिक्रि बनाएर दुवईले आफ्नो नाम गिनिज वल्र्ड रेकर्डस्मा राख्न खोजिरहेको छ ।

गल्फ न्युजका अनुसार यो सिक्रि दुवई सपिंग फेस्टिवल(डिएसएफ) अन्तर्गत बनाइंदैछ । यसका लागि दुवई गोल्ड एण्ड ज्वेलरी ग्रुपले त्यहाँका अरु ४ वटा ठूलो ज्वेलरीसाग मिलेर काम गरिरहेको छ ।

यो सिक्रिको नाम दुवई सेलिब्रेसन चेन नाम राखिएको छ । सो सिक्रिलाई आगामी डिएसएफमा प्रदर्शन गर्ने योजना रहेको छ । फेस्टिवल आगामी जनवरीमा सुरु भएर फेब्रुअरी महिनासम्म चल्नेछ ।

यो सिक्रि बनाउन कसैले चाहेमा उसले सुन दिएर यसमा सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ । फेस्टिवल सकिएपछि आफुले दिएको सुन फिर्ता पाइनेछ । अथवा त्यसको साटो ब्रासलेट समेत लिन सकिनेछ ।

सिक्रि बनाउन ७० जना कारिगर दैनिक रुपमा काममा जुटेका छन् । उनीहरुले दिनमा १० घण्टा काम गरिरहेको समाचारमा जनाइएको छ । सुरक्षाका लागि दुवई प्रहरी पनि खटिएको छ ।

यो पनि पढ्नुहोस्

https://deshparadesh.com/facebook-human-trafficker/ https://deshparadesh.com/iraq-killing/

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: