कतारबाट ६० जनाको दरले नेपालीलाई फर्काइंदै

काठमाडौं, तोकेभन्दा कम तलब दिइएको भन्दै काम छोडेर हड्तालमा उत्रिएकामध्ये १ सय १९ जना नेपाली कामदारलाई स्वदेश फर्काइने भएको छ ।

फ्रिल्यान्स ट्रेडिङ एन्ड कन्स्ट्रक्टिङ र कतार मिडिलिस्ट कम्पनीमा कायृरत ६ सय नेपाली सहित ७ य कामदार काम बन्द गरी हड्तालमा उत्रिएका थिए । हड्तालमा उत्रिएका मधये १ सय बंगलादेशी रहेका थिए । कम्पनीले नेपाल सरकारले तोकेको तलब दिन नसक्ने भएपछि १ सय १९ जनालाई स्वदेश पठाउन लागिएको हो ।

नेपाली कामदारले सरकारले तोकेको तलब नपाए घर जाने भनेर अडान राखे । त्यसमा कम्पनी घर पठाउन तयार भयो, नेपाली दूतावासका श्रम सहचारी लीलानाथ दाहालले भने, ुबाँकी कामदार पुरानै तलबमै काम गर्न फर्केका छन् ।

सरकारले दुई वर्षअघिदेखि नै कतारमानयूनतम ९ सय तलब र ३ सय खाना गरी १२ सय रियाल तोकेको थियो । त्यस कम्पनीमा रहेका नेपालीले ६ सय रियाल मात्रै पाउँदै आएका छन् । सरकारले तोकेको तलब दिनुपर्छ भनेर हामीले उठाएको विषय गलत हुँदै होइन, बर्दियाका नरेन्द्र थापा मगरले भने, यहाँ हामी पसिना बगाउन मात्रै होइन, पैसा कमाउन पनि आएका हौं । महिनाभरि कमाएको पैसा खानामा मात्रै ठिक्क भए किन बस्नु र रुु

घर जान तयार भएकाहरूलाई प्रहरीले डिपोर्टटेसन सेन्टर ९घरफिर्ती केन्द्र० मा ल्याएर राखेको छ । श्रम सहचारी दाहालका अनुसार उनीहरूलाई दिनको ६० जनाको दरले नेपाल पठाइने भएको छ ।

कान्तिपुरबाट

यो पनि पढ्नुहोस्

https://deshparadesh.com/qatar-strike-arrested/

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: