
मलेसिया, रौतहट चन्द्रनिगाहपुरका ३५ बर्षिय हर्कबहादुर माझीको सुतेकै ठाउँमा मलेसियामा मृत्यु भएको छ । विहिवार कामबाट फर्केपछि राती ८ बजे खाने खानेक्रममा उनलाई छातीमा पीडा महशुस भएको थियो । छाति दुख्यो भन्दै सुतेका उनी १० मिनेटपछि हेर्दा बेहोस अवस्थामा थिए । माझीलाई उनका साथिहरुले तुरुन्त कुलाई अस्पतालमा लगेका थिए । त्यहाँ २० मिनेटपछि डाक्टरले उनको मृत्यु भएको घोषणा गरे । साढे तीन बर्षअघि मलेसिया पुगेका माझीको शव अहिले कुलाई अस्पतालमा नै राखिएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1