इराकमा ३९ जना भारतीय मजदुरको हत्या !

काठमाडौं, कुर्दिस्तानको एक टेलिभिजनले गत जुन महिनामा इराकमा अपहरण गरिएका ४० जना भारतीय मध्ये केवल एकजना मात्र जिवित रहेको समाचार प्रशारण गरेको छ । सो टेलिभिजनले दुईजना बंगलादेशी नागरिकलाई उध्रित गर्दै समाचार प्रशारण गरेको हो ।

उनीहरुका अनुसार हरजीत नामका केवल एकजना भारतीय हाल पनि जीवित छन् । तर भारतीय विदेश मन्त्रालयले भनें यसबारेमा टिप्पणी गरिहाल्नु हतार हुने बताएको छ । तर कंग्रेस पार्टीले भनें यसका बारेमा प्रष्ट पार्न माग गरेको छ ।

सो टेलिभिजनलाई जानकारी दिने शफी र हसन नाममा बंगलादेशी नागरिकहरुले भनें कुर्दिस्तानको राजधानी इरबिलमा अन्तर्वार्ता दिंदै भारतीय नागरिकहरु मारिएको बताएका थिए ।

आइएसआइएस आतंकवादीको चंगुलबाट भागेर बाँच्न सफल हरजीतले बाँकी आफ्ना मजदुर साथिहरुलाई मार्दै गरेको आफुले देखेको बताएको उनीहरुले भनेका छन् । शफीका अनुसार उनीहरु मोससुलबाट बगदाद तर्फ गइरहेका थिए ।

तर उनीहरुलाई बाटोबाट नै आतंकवादीहरुले अपहरण गरेका थिए । त्यसरी अपहरण गरिएका मजदुर मध्ये ५१ ज्ना बंगलादेशी र ४० जना भारतीय नागरिक थिए ।

हरजीतले शफीलाई दिएको जानकारी अनुसार त्यसरी अपहरण गरिएपछि उनीहरुलाई आइएसआइएस आतंकवादीले उनीहरुलाई पहाडी ईलाकामा लिएर गएका थिए जहाँ उनी बाहेक अरुलाई गोली हानेर मारियो ।

हरजीतले आफुलाई पनि दुई गोली लागेको र आफू मरेको जस्तै गरी पल्टिएपछि आतंकवादीले छोडेर गएको बताएका छन् ।

यसबारेमा हरजीतसँग भारतीय सुरक्षा अधिकारीहरुले पनि सोधपुछ गरिरहे पनि यकिन भन्न सकेका छैनन् । यो घटनापछि भारतीय सरकारले दुईजना उपल्लो ओहोदाका सरकारी अधिकारीलाई ईरविल पठाएको छ ।

एजेन्सी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय