कतारमा यशोदा र विक्रमको रोमान्स

घनश्याम पराजुली (कृष्ण), दोहा । दाङ्ग रतनपुरका २४ बर्षिय बिक्रम बुढाथोकीको यतिखेर कतारमा निकै चर्चा छ । भर्खरै बजारमा आएको म्युजिक भिडियो “छिनमा हाँस्छु छिनमै रुन्छु” बोलको गितमा उनले गरेको अभिनय कतारमा निक्कै रुचाइएको छ । यस गितमा प्रमोद खरेलको स्वर रहेको छ ।

कतारमा बस्दै आएकी मोडेल यशोदा बस्नेतसँग बुढाथोकीको जोडी निकै जमेको छ । कतारका विभिन्न रमणिय स्थलहरुमा म्यूजिक भिडियोको छायाङ्कन गरिएको छ । भविन्द्र तामाङ्गले निर्देशन गरेका म्यूजिक भिडियोलाई बसन्त राईले छायाङ्कन गरेका हुन । गितमा महेन्द्र/अमरको शब्द रहेको छ भने दिपक शर्माले संगित दिएका हुन ।

कतार यति बेला संगितमय बनेको छ । कतारमा कार्यरत नेपाली कलाकारहरु एउटा न एउटा नेपाली कार्यक्रममा व्यस्त छन् । तिनै व्यवस्त कलाकार मध्येमा पर्छन् मोडल तथा डान्सर बिक्रम बुढाथोकी ।

“सपनीमा आउ है” नामक एल्वमबाट अभिनय शुरु गरेका बुढाथोकीले “बदलियो मन, बदलियो मुटु” बोलको गितमा समेत अभिनय गरिसकेका छन । bikyass

छोटो समयमा नै चर्चा बटुल्न सफल मोडल बुढाथोकिको म्युजिक भिडियोमा अभिनय गर्ने सानै देखिको रुची हो । कतारका विभिन्न कार्यक्रमहरुमा समेत उनको प्रस्तुती रहेन गरेको छ ।

नृत्यमा सिपालु उनी कतारमा काम गरेर बचेको समयलाई सदुपयोग गर्दै आफ्नो कला प्रस्तुत गर्ने गर्दछन् ।

कलाकारिताको क्षेत्रमा लागेर आफु सन्तुष्ट रहेको उनी बताउँछन । नेपालमा यो पेशाले गुजारा नचल्ने भएर विदेशीनु पर्दा दुखित छन उनी । प्रवासमा २ बर्षदेखि श्रम गरिरहेका उनी कामबाट बचेको समयलाई सदुपयोग गर्दै अभिनय तथा नृत्यलाई निरन्तरता दिने सोचमा छन ।

आगामी म्युजिक भिडियोका लागि नेपाल जाने तयारीमा रहेका उनले दर्शकहरुको माया र प्रेरणाको अपेक्षा समेत गरे ।

bikyas

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: