फेसबुकबाट खोज्दैछन् तस्करले यौन व्यवसायका लागि महिला

काठमाडौं, यौन व्यवसाय सञ्चालन गरिरहेका मानव तस्करहरुले अव फेसबुक जस्ता सामाजिक सञ्जालको प्रयोग गर्न थालेका छन् । फेसबुक जस्ता सामाजिक सञ्जालबाट जवान युवतीहरुलाई लोभ्याएर उनीहरुलाई अपराध तथा वेश्यावृत्तिमा धकेल्न थालिएको आजतकको अनलाइन संस्करणले समाचार लेखेको छ ।

यूरोपियन पोलिसिंग एजेन्सी ‘यूरोपोल’का प्रमुख रोब वेनराइटलाई उध्रित गर्दै लेखिएको समाचारमा भनिएको छः ‘सेक्स तस्करले आफ्नो पहुँच बढाउन केटाकेटीको हेरचाह तथा सफाइ कर्मचारीको नक्कली विज्ञापन फेसबुकमा पोष्ट गरिरहेका छन् । यहि माध्यमबाट वेभच्याट मार्फत उनीहरु शिकार गरिरहेका छन् ।’

‘पहिले यस्ता सेक्स तस्करहरुले युवतीलाई फसाउन घर घर पुगेर मान्छेलाई भेटेर कुराकानी गर्नुपथ्र्यो भनें अहिले त्यो सजिलो भएको छ’ उनले भनेका छन् ‘अहिले एक बटन थिचेको आधारमा ५० जना भन्दा धेरैलाई एकैपटक फसाउन सजिलो भएको छ ।’

युरोपमा हुने ५ लाख यस्तो शिकार मध्ये रोमनिया, बुल्गेरिया, हंगेरी, ब्रिटेन, जर्मनी, बेल्जियम तथा नेदरल्याण्ड्सका हुने गरेको समाचारमा जनाइएको छ । यसको कारोवार बर्षेनी अर्वौंको हुने गरेको दावी गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय