भारत जाने क्रममा युवक बेपत्ता, परिवारमा चिन्तित

टेकराज भण्डारी, अछाम भारत जाने क्रममा अछाम जिल्लाका एक व्यक्ति हराएका छन् । मंगलसैन नगरपालिका वडा नम्बर ७ जनालीवण्डालीका नगेन्द्र ढुंगाना (गंगाराम) भारतको मध्य प्रदेशको भोपाल रेल स्टेशनबाट बाहिर निस्केर प्लेटफर्म तर्फ गएका र त्यस पछि फिर्ता नआएको उनका आफन्तले जनाएका छन् ।

गत मंसिर ६ गते शनिवार रोजगारीका लागि भारत गएका ढुंगाना भोपाल रेल स्टेशनबाट बाहिर निस्केको र पछि नआएको भारतबाट उहाँका आफन्त झनकराज भण्डारीले बताए ।

मानसिक सन्तुलन कमजोर भएका ढुंगानको खोजी कार्य जारी रहेको तर फेला पार्न नसकिएको बताईएको छ ।

३२ वर्षिय ढुंगाना यस अघि पनि भारत जाने आउने गरेका थिए । भारतको पुनामा प्रहरीले जाहेरी लिन नमानेको र भोपालमै गएर जाहेरी दिन भनेकोले भोपाल जाने तयारीमा रहेको भारतबाट झनक भण्डारीले बताए ।

ढुंगाना हराएपछि उनका घरका परिवारजन चिन्तामा परेका छन् । उनका श्रीमती र ३ छोरी छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: