
काठमाडौं, भारतको लखनऊमा एक युवकलाई एक महिलासँग शारिरीक सम्पर्क राखेको अभियोगमा झुण्ड्याएर मारिएको छ । बुलंदशहर जिल्लाको सिकंदरावाद इलाकाको गाउँ पञ्चायतको निर्णय अनुसार ति युवकलाई झुण्ड्याइएको हो ।
सिकंदरावादको नगला छोनाका निवासी ईन्द्र नामका व्यक्तिका छोरा लालालाई टोटा गाउँमा केहि व्यक्तिले स्थानीय एक महिलासँग आपत्तिजनक अवस्थामा फेला पारेका थिए । ति व्यक्तिले लालालाई पक्रेर शिशौको रुखमा बाँधेका थिए ।
त्यसरी उनलाई मरणासन्न हुनेगरी कुटेर पछि त्यहि रुखमा झुण्ड्याएर मारिएको थियो । घटनापछि दुई गाउँका बासिन्दाबीचमा तनाव बढेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।