भारतीय मिडियामा सोमपालको प्रशंसा

काठमाडौं, सोमवार हङकङ विरुद्ध टी20 मा अन्तिम नम्वरमा व्याटिङ गर्न आएका सोमपाल कामीले ४० रन बनाएपछि भारतीय अनलाइनहरुले उनको प्रशंसा गरेका छन् । दैनिक जागरणको अनलाइन संस्करणले इस नेपाली क्रिकेटर ने सबको चौंकाया, बनाया विश्व रेकर्ड शिर्षकमा समचार लेखेको छ ।

समाचारमा भनिएको छः नेपालका सोमपाल कामीले हङकङ विरुद्ध कोलम्वोमा दशौं नम्वरमा व्याटिङ गर्दै ४० रन बनाएका छन् । यो टी20 अन्तराष्टिय क्रिकेट प्रतियोगितामा १० औं नम्वरमा बनाइएको सर्वाधिक रन हो ।

नेपालको स्कोर एक समय ८ विकेटमा २५ रन थियो । १८ बर्षिय कामीले १० औं नम्वरमा व्याटिङ गर्दै ३१ बलमा ६ चौका र दुई छक्काको मद्धतले ४० रन बनाए र विश्व रेकर्ड बनाए । यसअघि यो रेकर्ड अफगानिस्तानका हामिद हसनको नाममा थियो जसले २२ रन बनाएका थिए ।

यसैगरी आजतकले पनि कामीले विश्व रेकर्ड बनाएको भन्दै उनको खेलको प्रशंसा गरेको छ । समाचारमा सोमवारको खेलमा नेपालका तर्फबाट दोहोरो रनसंख्या बनाउने कामी एकमात्र खेलाडी भएको भन्दै उनको प्रयासले खेल भनें जिताउन नसकेको जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय