घनश्याम पराजुली (कृष्ण) , दोहा– नेपाल पत्रकार महासंघ कतार शाखाले तोकिएकै समयमा संविधान निमार्ण गर्नका लागी नेपाली दुतावासमा स्मरण पत्र बुझाएको छ ।
नेपाल पत्रकार महासंघको तिन महिने बिषेश अभियान अन्तर्गत महासंघको केन्द्रिय कार्यालयको परिपत्रअनुसार नेपालमा संविधान जारी हुन ३ महिना मात्र बाँकी रहेकाले ‘नेपाली जनतासँग गरेको बाचा नतोडौं, २०७१ माघ ८ भित्रै संविधान निर्माण गरौं’ भन्ने मूल आह्वान सहित कतारका सम्पूर्ण पत्रकार र यस अभियानमा संलग्न नागरिक समुदायको तर्फबाट नेपाल पत्रकार महासंघ कतार शाखाले कार्यवाहक राजदूत गणेश प्रसाद ढकाल मार्फत संविधानसभाकोे गम्भीर ध्यानाकर्षणका लागि स्मरणपत्र बुझाएका हो ।
‘२०६२/६३ को ऐतिहासिक जनआन्दोलनको एउटा प्रमुख पक्ष समेत रहेको नेपाली प्रेस जगत र त्यसको अगुवाइ गर्ने नेपाल पत्रकार महासंघ परिवर्तनका एजेण्डालाई संस्थागत गर्ने प्रमुख दस्तावेज संविधान निर्माणमा संविधानसभाबाट भैरहेको पहलको स्वागत गर्दछ । तर, पछिल्ला दिनमा दलहरूबीच बढ्दै गएको असहमति र धु्रवीकरणले संविधानसभा कतै आफैले बाचा गरेको समयसीमा २०७१ माघ ८ भित्र संविधान दिन फेरि पनि असफल हुने त हैन’, भन्ने गम्भीर आशंका उत्पन्न भएको स्मरण पत्रमा उल्लेख छ ।
महासंघ लोकतान्त्रिक आन्दोलन र संघर्षको उपलब्धीस्वरूप प्राप्त भएका लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता जस्ता महत्वपूर्ण परिवर्तनलाई संस्थागत गर्न पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सहितको लोकतान्त्रिक संविधान निर्माणमा ध्यान केन्द्रित गरी तोकिएको समयसीमा २०७१ माघ ८ भित्रै संविधान जारी गर्न पत्रमा लेखिएको छ ।
पाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडे सहितको टोलीले दुतावासमा पुगेर स्मरण पत्र बुझाएका हुन । उक्त पत्र दुतावास मार्फत सम्बन्धीत निकाय समक्ष पुर्र्याईदिन आग्रह गरिएको छ । स्मरण पत्र बुझाउनका लागी कतार शाखाका अध्यक्ष बन्जाडे , सचिव मोहम्मद अजिज अली लगायतका पदाधिकारीको उपस्थिती रहेको थियो ।