प्रवासी मञ्चमा गैरेको उम्मेदवारी घोषणा

रवि रोषी, दोहा, प्रवासी नेपाली मञ्च कतारको अध्यक्ष पदमा रामहरि गैरेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । कतारमा पत्रकार सम्मेलन आयोजना गरी उनले उम्मेदवारी घोषणा गरेका हुन् । २००४ मा स्थापित तत्कालिन प्रवासी नेपाली सम्पर्क मञ्चको स्थापनाकाल देखि नै आवद्ध रहेका गैरे सदस्य पद हुँदै २ कार्यकाल सचिव र एक कार्यकाल अध्यक्ष भई सकेका छन् । यहि आउँदो डिसेम्बर १८ मा मञ्चको समुद्घाटन समारोह हुदैछ भने १९ का दिन बन्द सत्र हुनेछ । मोर्चाको पाचौं राष्ट्रिय सम्मेलन र पार्टीको तेश्रो राष्ट्रिय अधिेवेशनको भेलाले २ आंगिक संगठनलाई एक गरेको हो । विगतमा मोर्चामा रहेर मञ्चको अध्यक्ष पदमा आफुले निर्वाह गरेको भूमिकालाई अझ खारेर भोलिका दिनमा मञ्चको पार्टी संगठनको ताजलाई उच्च राख्ने काममा आफ्नो भूमिका रहने उनको भनाइ छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: