कतारमा ७ सय कामदार हड्तालमा

दोहा, थोरै तलवमा काम गरिरहेका नेपाली सहित ७ ससय कामदार कतारमा दुईदिनयता हड्तालमा उत्रिएका छन् । हड्तालमा उत्रिएका मध्ये ६ सय नेपाली छन् । उनीहरु कतार फ्रिल्यान्स टे्रडिङ एण्ड कन्ट्रक्टीङ र कतार मिडिलिष्ट कम्पनीमा कार्यरत छन् ।

कतारमा रहेको नेपाली दुतावासले कम्पनीले निक्कै थोरै तलव दिएका कारण कामदार हड्तालमा उत्रिएका हुन् । कामदारहरुको माग तलब बढाउनुपर्छ भन्नेछु, श्रम सहचारी लिलानाथ दाहालले भने, उनीहरु यही तलबमा काम गर्ने पक्षमा छैनन् ।

ती कामदारहरुले न्युनतम तलब ६ सय रियाल छ । उनीहरुले नेपाल सरकारले तोकेको न्यूनतम तलव ९ सय रियाल हुनुपर्ने माग राखिरहेका छन् । ६ सय रियाल निकै कम तलब भयो । यसले दैनिक खाना खाना ठिकै हुन्छु, बर्दियाका नरेन्द्र थापा मगरले भने, अब न्युन तलबमा काम गर्दिन् । कामदारले नेपाल सरकारले तोकिएको तलब दिन नसक्ने भए नेपाल पठाइदिन माग राखेका छन् । ती कामदार शनिबारदेखि लेबर क्याम्मै बसेका छन् ।

कम्पनीले कामदारले माग गरे बमोजिम तलब बढाउन नसक्ने बताएको छ । कम्पनीले ती कामदारलाई पुर्नबिचार गर्न आग्रह गरेको छन् । हामी एकैपटक कामदारको तलब बढाउन सक्तैनौ, कम्पनीका म्यानेजर हमिद खानको भनाई उद्धत गर्दै श्रम सहचारी दाहालले भने, बरु कामदार स्वदेश पठाउन तयार छौं ।

नेपाल सरकारले लागु गरेको तलब यहाँका कम्पनीहरुले अझै दिने गरेको छैन् । कामदारको अबस्था आइतबार बिहान श्रमसहचारी दाहाल हडताल स्थानमा पुगेका थिए । त्यहाँ कतारका सरकारी अधिकारीहरु पनि पुगेका थिए ।

काम निकै गार्हो हुन्छ । केही जोगाउन नसक्ने भए गरेर अर्थ हुदैनु, चार बर्षदेखि काम गर्दै आएका थापा मगरले भने, बरु हामीलाई सकुशल घर पठाइदिनु नै बेस हुनेछ । यसमा हामी खुसी हुनेछौं । उनीहरु काममा नफर्के कम्पनीले स्वदेश पठाइदिने छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: