
रवि रोषी, दोहा – कतारमा सिंगिङ्ग आईडल कार्यक्रमको प्रस्तुती यहि डिसेम्बर १२ मा हुने भएको छ । समाजसेवी रुपन्देही कतारसंगको सहकार्यमा कार्यक्रम आयोजना हुन गइरहेको हो । कार्यक्रममा आधुनिक, पप लगायतका नेपाली गीतहरुको प्रतियोगितात्मक प्रस्तुती रहने शक्ति क्षेत्रीले बताए । प्रतियोगितामा सहभागी हुन फाराम भर्ने अन्तिम म्याद यहि नोभेम्बर २५ तारिख सम्म रहेको उनले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई एक लाख एक हजार नगद नेपाली रुपैंया, द्धितिय हुनेलाई ५० हजार १ रुपैंया र तृतिय हुनेलाई २५ हजार १ रुपैंया सहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजक पक्षले जनाएको छ । कार्यक्रम साल्वा रोडमा अवस्थित क्वालिटी हाईपर मार्केटमा विहान १० बजेबाट सुरु हुने अन्तर्राष्ट्रिय कलाकार मञ्च कतारका उपाध्यक्ष इमानजंग बानियाले बताए । सहभागी शुल्क १ सय १ रियाल रहेको छ ।