
रवि रोषी, मंसीर ६ -बाग्लुङ सेवा समाजले बनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कतारको सहानियमा सम्पन्न बनभोज कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय लोक दोहोरी गायिका लगायत कतारका स्थानीय गायक गायिकाहरुको पनि सांगीतिक प्रस्तुती रहेको थियो ।
गुल्मेली माग्ने बुढोको व्यंग्य प्रस्तुती सहित रहेको सो कार्यक्रममा कतारका लोक दोहोरी गायक रित कुमार श्रेष्ठ, राजेन्द्र मोहरा, विजय रानापाली, सोम थापा, मधुसुदन डाँगी, राजु परियार, ओम बि.सी.ध्रुव वि.सी, हेमन्त खड्काको गायन प्रस्तुती रहेको थियो ।
नृत्यमा रत्न अधिकारी, आशिका परियारको एकल नृत्य सहित टेक रसाइली, कञ्चन राई, मधु लामाको आकर्षक मारुनी नृत्य र तामाङ सेलाको नृत्य प्रस्तुती पनि रहेको थियो ।
कार्यक्रम बाग्लुङ सेवा समाजका अध्यक्ष रमेश भट्टको सभापतित्वमा सञ्चालन भएको थियो । उक्त कार्यक्रममा बाग्लुङ सेवा समाज द्धारा आयोजित भलिवल विजेता र उक्त भलिवल कार्यक्रमका सहयोगी आई एम इ विदेश प्रतिनिधी जितेन्द्र पाण्डेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो