विदेशमा भएन कमाइ, नेपाल फर्केपछि मालमाल

नेपालगञ्ज, ७ बर्ष मलेसियामा काम गरेर पनि राम्रो कमाइ हुन नसकेपछि स्वदेश फर्किएर कुखुरापालन थालेका बाँके कारकाँदोका कृष्ण सुवेदीको व्यवसाय अहिले ६० लाख हाराहारीमा पुगेका छ ।

उनी मासिक ६० हजार भन्दा धेरै नाफा आर्जन गर्छन् । अहिले उनी विदेश जान खोजिरहेका युवालाई स्वदेशमै रोजगारी गर्न सुझाव दिने गर्दछन् । “पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन” उनी भन्छन् “त्यहाँ पाउने तलव त मैले यहिं कर्मचारीलाई दिन्छु ।”

नेपालगञ्जस्थित उनको सगरमाथा फ्रेस हाउस र सगरमाथा फ्रेस एण्ड पोल्ट्री सप्लायर्स बाँके र बर्दियाका कुखुरापालक किसानका बीचमा परिचित छन् ।

सुवेदीले उत्पादन गरेका कुखुरा मात्र बेच्दैनन्, दुवै जिल्लाका कृषकले उत्पादन गरेका कुखुराको मासु समेत बिक्रि गर्दछन् । उनको फ्रेस हाउसबाट अहिले दैनिक ३ क्वीन्टल र जिउँदो कुखुर ५ क्वीन्टल बिक्रि हुने गरेको छ ।

उनले बाँके र बर्दियामा मासिक ८ हजार चल्ला आपूर्ती समेत गर्ने गरेका छन् । कुखुराको दाना नै मासिक सय टन बिक्रि हुन्छ । फ्रेस हाउस र पोल्ट्री सप्लायर्समा मासिक सरदर १० हजार तलव दिएर उनले ६ जना कर्मचारी राखेका छन् ।

यो समाचार कारोवार दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: