लठ्ठी बेचेरै मासिक ५० हजार

खोटाङ, सीप हुनेलाई जहाँतहीँ नहुनेलाई कहींन कहीं भन्ने नेपाल उखानै छ । यहि कुरा लागु भएको छ दित्तेलका ३० बर्षिय भीमबहादुर विश्वकर्माको जीवनमा पनि । घँघरुको हाँगा र डालाबाट कलात्मक लठ्ठी बनाउन सिपालु विश्वकर्माले यहि कामबाट गाउँमै लोभलाग्दो कमाइ गरिरहेका छन् ।

समाउने भागमा मनै लोभ्याउने मयुर, परेवा, भँगेरा, सँुगा, ढुकुर, माछा, सर्प, भालु जस्ता पशुपन्छिको आकृति तथा मध्य भागमा सगरमाथा, बुद्ध, डाँफे, गुराँस बनाएर लठ्ठी बनाउने पेसा अपनाएर विश्वकर्माले सीप र जाँगर भए गाउँमै आम्दानी गर्न सकिने उदाहरण पेस गरेका छन् । उनका अनुसार लठ्ठी बेचेर नै उनी मासिक ५० देखि ६० हजारसम्म कमाउँछन्

घँघरुको हाँगाबाट लठ्ठ बनाउन एक दिन लाग्छ । विश्वकर्माका अनुसार तयारी लठ्ठी तीनसय देखि १७ सयसम्ममा विक्रि हुने गरेको छ । मयुरको आकृतिमा बनाइएको लठ्ठी सवैभन्दा धेरै विक्रि हुने गरेको उनले बताए ।

धेरै पैसा कमाउने र सुख साथ परिवार पाल्ने सपना बोक्दै धेरै दौंतरी सहर पसेको वा विदेश हान्निएपनि उनी आफू भनें गाउँमै जानेको सीप अनुसारको काम गरेर बसेको बताउँछन् । सदरमुकाम दित्तेलमा भीम ह्याण्डिक्राफ्ट सेन्टर खोलेर बसेका उनले यहि कामबाट परिवारको गुजारा चलिरहेको बताए ।

कक्षा ३ मा पढ्दै गर्दा मिलन चाम्लिङबाट लठ्ठी बनाउने तालिम लिएका विश्वकर्माले सुरुमा आफूले बनाएका लठ्ठी हेरेर सवैले प्रशंसा गरेपछि यसैलाई पेसा बनाएको बताए ।

यो समाचार नागरिक दैनिकमा दमन राईले लेखेका छन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: