फातिम भइन् मुस्लिम सुन्दरी, बुर्काको फोटोसेसनको ठूलोे चर्चा

काठमाडौं इण्डोनेसियामा भएको मुस्लिम वुमन व्यूटी कन्टेस्टको उपाधि ट्यूनिशियाकी फातिम बेनले जितेकी छन् । २५ बर्षिय फातिम कम्प्यूटर साइन्टिस्ट हुन् । उनले पुरस्कारमा सुनको घडी र मक्काको एक प्रतिकृति पाएकी छन् । यो प्रतिस्पर्धा मुस्लिम बाहुल्यता रहेको देश इण्डोनेशियामा भएको थियो । विश्वका विभिन्न मुस्लिम देशका युवतीले प्रतियोगितामा भाग लिएका थिए । १८ जना युवती फाइनलमा पुगेका थिए । प्रतियोगितामा डाक्टर, इन्जिनियर लगायत विभिन्न पेशामा कार्यरत युवतीहरु सहभागि थिए । मुस्लिम महिलाको सुन्दरी प्रतियोगिता भएका कारण यसको विश्वभरी चर्चा थियो । प्रतिस्पर्धीहरुले बुर्का लगाएर इण्डोनेसियाको एक मन्दिर बाहिर गरेको फोटोसुट विश्वभरीका लाखौं व्यक्तिले सामाजिक सञ्जाल मार्फत हेरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय