काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीको एक अदालतले एक महिलासँग सहमतिमा राखिएको शारिरीक सम्वन्धको भिडियो खिचेको अभियोगमा एक व्यक्तिलाई तीन बर्षको जेल सजाय सुनाइएको छ ।
अदालतले ति व्यक्तिलाई बलात्कारको अभियोगबाट मुक्ति दिए पनि सहमतिमा भएको यौन सम्वन्धको भिडियो खिचेकोमा भनें दोषि ठहर गरेको छ । रोहित नामका ति व्यक्तिले सुचना प्रविधिको गलत उपयोग गरेको भन्दै कैदको फैसला गरेको हो ।
न्यायाधिसले पैसला सुनाउँदै कुनै व्यक्तिको नीजि विषयलाई यसरी भिडियो खिच्नु र सार्वजनिक गर्नु अपराध भएको बताएका थिए । अश्लील भिडियो र तस्वीर खिच्ने र इन्टरनेटमा हाल्ने काम दिनपरदिन बढ्दै गएको भन्दै यसमा सावधानी अपनाउन अदालतले आदेश दिएको छ । त्यसरी खिचिएका तस्वीरका कारण कयौं महिलाको जीवन वर्वाद भएको भन्दै अदालतले सावधानी अपनाउन पनि भनेको छ ।
ति महिलाले रोहितलाई आफ्नो अश्लील तस्वीर खिचेर एमएमएस बनाएको आरोप लगाएकी थिइन् । साथै उनले रोहितले आफुलाई बलात्कार गरेको समेत आरोप लगाएकी थिइन्् । उनीहरु बीच भएको यौन सम्वन्धको दृष्यलाई रोहितले मोवाइल मार्फत खिचेका थिए ।
एजेन्सी