यूएईबाट नेपालका विद्यालयलाई कम्प्यूटर

भूपराज बस्याल, यूएई -श्रीकृष्ण गण्डकी समाज यूएईले आफ्नो गाविसका सम्पूर्ण विद्यालयहरुलाई यहि बर्षभित्र कम्प्यूटर उपलव्ध गराउने भएको छ ।

स्याङजा जिल्ला श्रीकृष्ण गण्डकी गाविसबाट वैदेशिक रोजगारीका क्रममा विदेश आएकाहरु आफूले पढेका विद्यालयहरुलाई वा आफ्नो गाविसका सरकारी विद्यालयलाई पहिलो चरणमा एक एकवटा कम्प्यूटर दिने भएका हुन् । त्यसका लागि यूएईमा अभियान सञ्चालन गरिएको छ ।

युएईमा रहेका नेपालीहरुमा पर्ने समस्याको सामना संगै आफ्नो गाउ ठाउको बिकासको निम्ति गत गत बर्षको अक्टोवरमा स्थापना भएको समाजले यहाका समस्या संगै जुद्दै आफ्नो गाउ ठाउका निम्ति पहिलो चरण मा यस्तो कार्यक्रम ल्याउन लागेको हो।

विद्यार्थीको पढाइमा सहयोग पुगोस् र उनीहरु क्षमतावान हुन् भन्ने उद्धृेश्यले यस्तो अभियान सञ्चालन गरिएको हो समाजका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले भने । अभियान मार्फत कम्प्यूटरहरु उपलव्ध गराएपछि यसले आधुनिक शिक्षाका लागि मद्धत गर्ने न्यौपानेको भनाई छ ।

सवै विद्यालयलाई पायक पर्ने ठाउँमा पत्रकार सम्मेदन सहित एक कार्यक्रम आयोजना गरी यहि बर्ष भित्रमा ति कम्प्यूटरहरु हस्तान्तरण गरिने समाजका महासचिव शंकर प्रसाद न्यौपानेले बताए ।

कम्प्यूटर उपलव्ध गराइने विद्यालयहरुको नामावालीः

श्री वीरेन्द्र उच्च मा।बि। जैपते

श्री सत्यदेबी मा।बि। बेल्टारी,

श्री बालविध्या प्रा बि ताप

श्री सरस्वाती मा बि लिहाक खोला

श्री बासबारी प्रा बि बास्टारि

श्री देउराली उच्च मा बि देउराली

श्री धुर्ब ज्योति मा बि दप्क्ष्य

श्री बाल ज्योति प्रा बि छाप

श्री क्षेत्रपाल माबि बरडाडा

श्री भगवति उच्च मा बि मिर्मि

श्री मिर्मि नि मा बी मिर्मि फाट

श्री काली गण्डकी प्रा बि बोटेगाउ लगायत छन्।

अभियान अन्तर्गत हालसम्म १२ हजार दिराम(नेरु ३ लाख भन्दा बढी) रकम जम्मा भइसकेको समाजका कोषाध्यक्ष पोषलाल भट्टराईले जानकारी दिए । रकम उठ्ने क्रम चलिरहेको भन्दै सहयोग गर्नेहरुको नामावली समेत विद्यालयहरुमा पठाइने उनले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: