काठमाडौं -जलस्रोत, पर्यटन र पूर्वाधार निर्माणमा कुवेतको लगानी भित्रियाउने प्रयास भइरहेको नेपाल कुवेत उद्योग वाणिज्य संघले जनाएको छ । नेपालमा जलस्रोत, पर्यटन, स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा कुवेतको लगानी ल्याउन प्रयास भइरहेको छ संघका अध्यक्ष सुरेनद्रवीर मालाकारले
कुवेतका लागि नवनियुक्त राजदुत यज्ञबहादुर हमालसँगको भेटमा भने “हामीले गरिरहेको प्रयासलाई नेपाली दुतावासले पनि सघाउनुपर्यो ।” मालाकारले नेपालको पूर्वाधार एवं जलविद्युत क्षेत्रको विकासका लागि कुवेतले लगानी गर्ने इच्छा देखाएको बताउँदै लगानी बोर्डमा समेत कुवेतको लगानीकर्ताले छलफल गरेको बताए ।
राजदुत हमालले नेपालबाट कुवेतमा निर्यातको प्रवल समभवना रहेको खाद्यपदार्थ, चिया, गलैंचाजस्ता उत्पादनको पनि प्रवद्र्धन गर्न पहल गर्ने जानकारी दिए ।
“संघले पनि दुईपक्षिय व्यापार बढाउनका लागि समय समयमा राय सल्लाह दिनका लागि अनुरोध गर्दछु” उनले भने । भेटमा संघका बरिष्ठ उपाध्यक्ष पुष्पदास श्रेष्ठ, सचिव कुशकुमार माली र सदस्य रामराजा आचार्य सहभागि थिए ।
यो समाचार नागरिक दैनिकबाट लिइएको हो