साउदीमै शव अलपत्र, परिवार समस्यामा

नवलपरासी, नवलपरासीको बग्यौली ४ गोडारकीका धनबहादुर पञ्जियारको मृत्यु भएको दुई बर्ष बितिसक्दा पनि शव ल्याउन सकिएको छैन । उनको शव नेपाल ल्याउन नपाउँदा परिवारलाई थप पीडा भएको छ ।

उनको मृत्यु हुनु केही दिन अघि मात्र घरमा फोन गरेका थिए । श्रीमती पुनमका अनुसार उनले आमालाई फोन गरेर दुई तीन दिनमा घर फर्किने बताएका थिए । तर, लामो कुरा गर्न नपाउँदै फोन काटिएको थियो । उनको मोवाइलमा पैसा सकिएर फोन काटिएको पुनमले बताइन् ।

दुईतीन दिनमा आउँछनु भनेको भोलिपल्ट उनी बिरामी परेको खवर आयो । तर उनीसँग फोन सम्पर्क हुन भनें सकेन । बिरामी भएको ६ दिनपछि उनको मृत्यु भएको खवर आयो ।

पञ्जियार चार बर्षअघि विदेश गएका थिए । घरमै बसिरहेका उनलाई नाता पर्ने एक व्यक्तिले कतारको भिसा पठाइदिने बताएपछि विदेश जाने योजना उनले बनाएका थिए । उनले नौ कठ्ठा जग्गा प्रतिकठ्ठा २७ हजारका दरले बेचेर पासपोर्ट बनाइ वैदेशिक रोजगारीमा जाने खर्च जुटाएका थिए । कतारबाट उनलाई साउदी अरव पुर्याइयो । पुनम भन्छिन् अरब पुगेपछि उहाँलाई जंगलमा उँट चलाउने काम दिइयो, तर कम्पनीमा लगाइदिने भनेर लगिएको थियो । उँट चराउने काम अप्ठ्यारो भएपछि उनी काम छाडेर भागेका थिए । त्यसको दुई महिनापछि उनको मृत्युको खवर आएको हो ।

“अव त उहाँको सम्झना मात्र बाँकी छ” आँशु झार्दै पुनमले भनिन् “शव आउने आश पनि अव त मरिसक्यो । दुई छोराले अझै बाटो हेरिरहेका छन्, मैले के भनेर सम्झाउँ” उनले भनिन् ।

मृत्युको खवर दिनेले उनलाई धनबहादुरले आत्महत्या गरेको बताएका थिए । तर आजभोली खवर दिनेसँग पनि सम्पर्क हुन छोडेको उनले बताइन् । पुनम भन्छिन् मलाई आत्महत्या गर्नुभयो जस्तो लाग्दैन, उहाँ घर फर्किने भाडा पुग्यो भनें सधैं नेपाल फर्किने कुरा गर्नुहुन्थ्यो । घर आउँछु भन्नेले पनि कहिं आत्महत्या गर्छ? उनले प्रश्न गरिन् ।

उनले साउदीमा काम गर्ने कम्पनीको नाम र ठेगानासमेत आफुलाई थाहा नभएको बताइन् । त्यसका लागि सहयोग गरिदिन प्रहरीलाई आग्रह गरेपनि सहयोग नपाएको उनको गुनासो छ ।

नयाँ पत्रिकामा यो समाचार कल्पना भट्टराईले लेखेकी छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: