फेसबुकमा १३ घण्टामै ९ लाख बढी लाइक  !

काठमाडौं फेसबुकमा १३ घण्टा भित्र एउटा तस्वीर कतिले लाइक गर्छन् होला ? सय, हजार वा लाख ? तर हिन्दी चलचित्रका नायक सलमान खानको लोकप्रियताका कारण एउटा तस्वीर फेसबुकमा अपलोड गरेको १३ घण्टा भित्रै ९ लाख २९ हजार व्यक्तिले त्यसमा लाइक गरेका छन् । सलमानकी बहिनी अर्पिताको विवाह यहि हप्ता भयो । उनको विवाहमा बलिउडका चर्चित हस्तीहरु पनि सहभागि थिए । त्यसमध्ये एउटा तस्वीरमा अर्पिताका तीनजना दाजुहरु सलमान, सोहेल र अवाजले बेहुली बनेकी अर्पितालाई लिएर विवाह समारोहमा गइरहेका छन् । यो तस्वीरमा बलिउडका अर्का लोकप्रिय नायक अमिर खान पनि देखिन्छन् । यो तस्वीरलाई सलमान खानले आफ्नो फेसबुक पेजमा राखेका थिए । फोटो अपलोड गरिएको १३ घण्टा भित्रमा त्यसमा ९ लाख २९ हजार व्यक्तिले लाइक गरेका छन् । यसैगरी ९ हजार ४ सय व्यक्तिले त्यसलाई शेयर समेत गरेका छन् भनें झण्डै १३ हजारले शुभकामना दिएका छन् । तस्वीर सलमान खानको फेसबुक पेजबाट लिइएको हो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: