भीड हुने कार्यालय बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने

काठमाडौं, ५ मंसिर – वैदेशिक रोजगार,मालपोत,यातायातजस्ता बढी भीडभाड हुने सरकारी निकाय आउँदो पुस १ गतेदेखि बिहान ६ देखि साँझ ६ बजेसम्म खुल्ने भएका छन् । आम जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरुबाट दैनिक १२ घन्टा सेवा दिने व्यवस्था मिलाउन सम्बद्द मन्त्रालयहरुलाई निर्देशन दिने निर्णय मन्त्रिपरिषद् बैठकले बिहीबार गरेको हो । पूर्वसचिव कृष्णहरी बाँस्कोटाको संयोजकत्वमा गठित प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको सिफारिसमा बढी भीडभाड हुने कार्यालयहरु दैनिक दुई सिफ्ट चलाउने निर्णय भएको हो ।पहिलो सिफट्टमा बिहान ५ देखि १२ र अर्कोमा दिउँसो १२ देखि ६ बजेसम्म कार्यालयहरु खुल्नेछन् । दुई सिफ्ट चलाउने चाहिने जनशक्तिलगायतको व्यवस्था सम्बद्द मन्त्रालयले गर्ने र मंसिर मसान्तसम्ममा सार्वजनिक सूचना जारी गरी पुस १ देखि सेवा सुचारु गर्ने जनाइएको  छ । याे खबर आजको कान्तिपुर दैनिकमा छापिएकाे छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय