कुवेतमा ३ लाख क्षतीपूर्ती पाउने भइन् नेपाली महिलाले

कुवेत- कुवेती मालिकको कुटाईबाट घाइते भएकी नेपाली महिला कामदार गंगेश्वरी राईलाई करिव ३ लाख क्षतीपूर्ती रकम दिने सहमति भएको छ । उनलाई कुवेती घर मालिकले गत आइतवार कुटपीट र व्लेडले चिरेर घाइते बनाएका थिए ।

घरबाट निकालेर समुुद्र किनारमा फालेकी राईलाई नयाँ नेपाल क्लवका अध्यक्ष दिबहादुर पुन र मजदुर संघका नवराज पराजुलीले नेपाली दुतावाससम्म पुर्याएका थिए ।

उनलाई काममा पठाउने नेपाली एजेण्ट चुडामणी भट्टराईलाई नेपाली दुतावासले बोलाएर गरेको छलफलमा एजेण्ट भट्टराईले पीडित राईलाई ९ सय १० कुवेती दिनार दिने सहमति जनाएका थिए । रकम नदिएसम्म उनलाई दुतावासको सेल्टरमा राख्ने र एकमहिना भित्रमा भट्टराईले रकम दिने सहमति गरिएको दुतावासका द्धितिय सचिव अम्विका जोशीले जानकारी दिनुभयो ।

गंगामाया अवैधानिक बाटो भएर कुवेत पुगेको र अवैधानिक रुपमा काम गरेको हुँदा उनले कानूनी रुपमा कुवेती रोजगारदाताबाट क्षतीपूर्ती पाउने कुनै अवस्था नभएको दुतावासले जनाएको छ ।

सुनसरीको विष्णुपादुका ८ की ४० बर्षिय गंगाश्वरी राई हाल दुतावासकै सेल्टरमा रहेकी छन् ।

हरिकृष्ण न्यौपाने, कुवेत

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय