
काठमाडौ- मलेसियामा चार महिनाको बीचमा १ सय ६६ जनाको निधन भएको छ । मलेसियामा रहेको नेपाली दुतावासका अनुसार यसबीचमा विभिन्न कारणले मृत्यु भएका नेपालीको शव समेत नेपाल पठाइ सकिएको छ ।
यसैगरी ४ महिनाको बीचमा ५ हजार ७ सय ५५ जना अवैधानिक रुपमा बसेका नेपालीलाई स्वदेश फर्काउने काम भएको छ । गत जुलाई १५ देखि नोभेम्वर १५ को बीचमा ति कामदार नेपाल फर्काइएको जनाइएको छ ।
दुतावासले विहिवार सार्वजनिक गरेको सुचना अनुसार विभिन्न अभियोगमा मलेसियाका जेलमा राखिएका तथा थुनामा राखिएका ७ सय ६४ जना नेपालीलाई पनि नेपाल फर्काइएको नेपाली दुतावासले जानकारी दिएको छ । अझै पनि बिभिन्न जेल तथा थुना(डिटेन्सन सेण्टर) मा झण्डै साढे ५ सय नेपाली रहेका छन् ।