देशपिच्छे फरक पाठ्यक्रम बन्ने

काठमाडौं- सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको अभिमुखिकरणका लागि देशैपिच्छे फरक फरक पाठ्यक्रम लागू गर्ने भएको छ । जुनसुकै मुलुकमा जाने कामदारलाई एउटै किसिमको पाठ्यक्रमम लागू गरिंदा तालिम प्रभावकारी नभएपछि देश अनुसारको पाठ्यक्रम कार्यान्वयनमा ल्याउन लागिएको हो ।

प्रत्येक देशको भाषा, संस्कृति, आर्थिक तथा सामाजिक पक्ष फरक फरक हुने भएकाले अभिमुखिकरण तालिमको पाठ्यक्रअम पनि सोही अनुरुप तय गर्न लागिएको सम्वद्ध अधिकारीहरुले जानकारी दिएका छन् ।

हाल नाममात्रको अभिमुखिकरण तालिम दिएर पठाउने गरिएकाले विदेशमा पुगेपछि नेपाली कामदारमा भाषा र काम सम्वन्धी आधारभूत सीपको समेत कमी हुने गरेको छ ।

जानृ मुलुककको सामाजिक तथा कानूनी पक्ष, गर्नुपर्ने कामलगायतका विषयमा आधारभूत ज्ञान दिन देशअनुसार फरक पाठ्यक्रम तय गर्न लागिएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जानकारी दिएको छ ।

बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले नयाँ पाठ्यक्रम तयार पार्ने काम भइरहेको बताए । समयानुकुल प्रत्येक मुलुकमा जाने कामदारलाई सोही देशको सामाजिक साँस्कृतिक पक्ष र कामसँग सम्वन्धित विषयमा आधारभूत जानकारी दिने किसिमको पाठ्यक्रम निर्माण गर्ने काम भइरहेको उनले जानकारी दिए ।

पाठ्यक्रम परिमार्जनसँगै अभिमुखिकररण तालिम प्रदायक संस्थाको भौतिक संरचनामा समेत सुधार गर्ने नयाँ व्यवस्था लागू गरिएको छ ।

यो खवर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय