कुवेतमा एक नेपाली महिलालाई चरम यातना दिइयो

कुवेत- कुवेती नागरिकको घरमा कामगर्ने सुनसरीकी ४० बर्षिय गंगाश्वरी रार्इलाई घर मालिकले कुटेर मरणसन्न बनाएका छन् ।  उनी कुटेका निलडाम र ब्लेडले चिरिएको घाउ बोकेर नेपाली दुतावासमा आइपुगेकी छन् ।

उनले बताए अनुसार गत आइतवार राती घर मालिक्नीले लौरोले शरिरका सवै भागमा जथाभावी कुटेकी थिइन् भनें दारी काट्ने मेसिनले जथाभावी चिरिदिएकी थिएन् ।

कुटपीटबाट आफु बेहोस भएको र होस आएपछि तेरो दुतावासमा लगिदिन्छु भनेर गाडीमा हालेर लगेर समुन्द्र किनारमा लगेर फालेर गएको उनले बताएकी छन् । शुरुमा मासिक तलव ७० केडी दिने र ६ महिना पछि १ सय केडी बनाइदिने मौखिक शर्तमा काम गर्न कुवेत आएकी उनी कुवेतमा रहेका नेपाली एजेण्ट चुडामणी भट्टरार्इले पठाएका घररमा काम गर्न गएकी थिइन् ।

हाल कुटपीट गरिएको घरमा उनी ८ महिना अगाडीदेखि कार्यरत थिइन् । त्यस घरमा गएपछि आफुसँग भएको फोन खोसिदिएकाले कतै कसैसँग सम्पर्क गर्न नपाएको तथा काम गर्न गएको घरमा बाबु आमा र ४ छोराछोरी सहित ६ जनाको परिवार रहेको उनले बताइन।

घरका सदस्यहरु बाहिर जाँदा सँधै बाहिरबाट ढोकामा चावी लगाएर जाने गरेका कारण आफू भाग्न समेत नसकेको उनले बताइन् । उनलाई तलव माग्दा मारेर फाल्ने धम्की दिने गरिएको थियो ।

नयाँ नेपाल क्लबका दिल पुनको सहयोगमा नेपाली दुताबासमा पुगेकी गंगाश्वरी रार्इले आफूलाई यसरी फसाउने एजेण्टलाई कडा कारवाही हुनुपर्ने माग गरेकी छन् ।

नेपाली दुताबास कुवेतकी श्रम सहचारी गोमा ढकालले पिडित र उनले पाउने क्षतिपुर्ती तथा न्यायको बारेमा आन्तरिक छलफल गरिरहेको र पीडितले न्याय पाउने बताएकी छन् ।

नेपालकुवेत डटकमबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय