
काठमाडौं – यूपी प्रहरीले भारतको इलाहावादबाट आधा दर्जन नेपाली सहित १७ जना युवतीलाई बेशयावृत्तिको अभियोगमा पक्राउ गरेको छ । उनीहरुलाई खाडीका मुलुकमा पठाउने तयारी गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका मध्ये केहि नावालग रहेको प्रहरीको भनाई छ । उनीहरुलाई परिवारका सदस्यहरुलाई विभिन्न प्रलोभन देखाएर लगिएको थियो । युवतीसँगै अरु ६ जना महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मानव तस्करले अन्तराष्ट्रिय सञ्जाल बनाएर भारतको बाटो हुँदै वेश्यावृत्तिका लागि विभिन्न देश पठाउने क्रममा ति युवतिलाई जम्मा पारेका थिए । प्रहरीले पक्राउ परेका युवतिहरु मार्फत मानवतस्करहरुसम्म पुग्ने प्रयास गरिरहेको छ ।
दिल्लीको ए गैरसरकार संस्थाको पहलमा प्रहरीले यो कारवाही गरेको थियो । उनी इलाहावादको मिरगञ्जमा पक्राउ परेका हुन् । प्रहरीले पक्राउ गरेका ६ जना महिलालाई ति युवतिलाई देहव्यापारमा धकेलेको आरोप लगाइएको छ ।
दिल्लीस्थित जेएसटी सेंट केयर नामको गैरसरकारी संस्थालाई मीरगञ्जमा दर्जनौं युवतिलाई बन्धक बनाइएको जानकारी प्राप्त भएकोे थियो । नेपाल तथा बंगलादेशबाट ल्याइएका युवतिलाई मेरठ, कोकाता, मुम्वई र गाजियावादको बाटो भएर खाडीका देशमा पठाउने तयारी भइरहेको प्रहरीले आफूलाई जानकारी आएको बताएको छ ।