गाउँभरीका पुरुष भारत गए

बैतडी- बैतडी न्वाली ७ विटकमका राईसिंह ऐरी ६३ बर्ष नाघे । उमेरका हिसावले घरकै जिम्मेवारी सार्ने बेला हो । तर उनी दिनहुँ गाउँलेका घर डुल्छन् । युवा र वयस्क जति विदेशिएपछि गाउँको जिम्मा बुढापाकामा आएको हो । ५६ घरधुरी रहेको विटकमका अधिकाँश पुरुष रोजगारीका लागि भारत पसेका छन् । अहिले ३ ४ घरमा मात्र पुरुष छन् । दुईचार जना बाहेक सवै अहिले भारतमा छन् । थोरै तेश्रो मुलुक र केहि सरकारी सेवामा छन् । भारत जाने बर्षको एकपटक खेतीपाती गर्न घर आउँछन् राइसिंहले भने सिजन सकिएपछि १० देखि ११ महिनासम्म गाउँ पुरुषविहिन हुन्छ ।

युवा र वयस्क पुरुष बाहिरिएपछि मर्दापर्दा समस्या हुने गरेको स्थानीयबासी बताउँछन् । बिहेवारीमा समय मिलाएर घर आउने र छिमेकी गाउँकाले सहयोग गर्दै आएपनि मलामी जुटाउन समेत समस्या हुने गरेको स्थानीयबासी बताउँछन् । यहाँका समुदायमा भिन्न समुदायका व्यक्तिको मलामी नजाने परम्परा छ ।

कसैको अकस्मात मृत्यु भएमा धेरै समस्या हुन्छ स्थानीय बहादुरसिंह ऐरीले भने बिहेवारी र सामाजिक काममा छिमेकी गाउँबाट आउने चलन छ तर अर्को समुदायको मलामी नजाने चलनले कहिलेकाहिं समस्या हुन्छ ।

गाउँमा बसेर घरखर्च चलाउन नसकिने अवस्थाका कारण युवा र वयस्कजति काम गर्न भारत जाने गरेको उनले बताए । सधैं गाउँमा बस्दा पैसा देख्नै पाइन्न उनले भने त्यसैले दुईचार पैसा कमाउन भारत जाने यहाँको पुरानै चलन हो ।

गाउँ पुरुषविहिन हुँदा महिलाको काँधमा कामको बोझ थपिएको छ । छोेराछोरी हुर्काउने, पढाउने देखि घरको सम्पूर्ण काम महिलाको जिम्मेवारी भएको छ । सुदुर पश्चिमका धेरैजसो ठाउँबाट भारतमा रोजगारीका लागि जाने चलन पुस्तौंदेखि चल्दै आएको छ ।

यो खवर कान्तिपुर दैनिकबाट लिइएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय