दुवईमा एक नेपाली महिला अलपत्र

खेमराज खनाल, दुवई विगत ५ महिनादेखि यूएईको अवुधावीमा रहेको हिमालय वल्र्ड ट्राभल्समा काम गर्दै आएकी मिरा शर्मालाई कम्पनीले विनाकारण निकालेर अलपत्र पारेको छ । सो ट्राभल्सका सञ्चालक अंकित श्रेष्ठले उनलाई निकालेका हुन् । मिराले दुई महिनायता आफूले पारिश्रमिक नपाएको  गुनासो गरेकी छन् । उनले अव ११ दिन मात्र यूएईमा बस्न दिनेगरी भिसा रद्ध गराएको र भिसा वापतको रकम नतिरेसम्म पासपोर्ट फिर्ता नदिने भन्दै आफूलाई धम्की दिइएको उनको भनाइ छ । उनले यूएईमा बस्न खान समेत समस्या परेको भन्दै सहयोगको अपिल गरेकी छिन् । ट्राभल्सका सञ्चालक अंकित श्रेष्ठले भनें मिरा काममा नआउने र आफ्ना बारेमा मिराले कुप्रचार गरेका कारण कामबाट निकालेको बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय