रेमिट्यान्स घटेको घट्यै

काठमाडौं- लगातार दोश्रो महिना पनि रेमिट्यान्स भित्रिने क्रम घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोजको तथ्याँक अनुसार ०७० असोजको तुलनामा रेमिट्यान्स आप्रवाह ० दशमलव ६ प्रतिशतले घटेको हो ।

मुलुकको आयात धान्न प्रमुख योगदान दिइरहेको रेमिट्यान्स भित्रिने क्रम घट्दा अर्थतन्त्रमा खतराको संकेत देखिएको छ । भदौ महिनामा रेमिट्यान्स आप्रवाह ४ प्रतिशतले घटेको थियो ।

रेमिट्यान्स घट्नुको मुख्य कारण स्पष्ट भइ नसके पनि अवैध सुन आयातमा यसको प्रयोग बढेको सुन आयातमा यसको प्रयोग बढेको हुन सक्ने अनुमान गरिएको थियो । पछिल्लो समयमा भनें रेमिट्यान्स बैंक वित्तिय संस्था र आधिकारिक रेमिट्यान्स कम्पनीबाट आउने क्रम घटेको हो । जसले विदेशबाट हुण्डिमार्फत सुन खरिदमा रेमिट्यान्स प्रयोग भइरहेको आशंका गरिएको छ ।

राष्ट्र बैंकले समय समयमा सुन तस्करीलगायत रोक्न सरकारसँग अनुरोध गर्ने गरेको छ । रेमिट्यान्सको प्रयोग अवैध काममा हुनबाट रोक्न हामीले सरकारसँग पनि आग्रह गरेका छौं राष्ट बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक मीनबहादुर श्रेष्ठले बैंक वित्तिय संस्थाका पदाधिकारीसँग यस विषयमा छलफलसमेत गरेको थियो ।

तर सुन तस्करी भनें बढ्ने क्रममा छ । स्थानीय बजारमा बैंकबाट सुन खरिद गर्ने क्रम घटेको छ । तीन सय किलोभन्दा बढी सुन बैंकमै थन्किएर बसेको छ । सुन व्यवसायी पनि अनौपचारिक बजारबाट सस्तोमा खरिद गर्ने गरेको बताउँछन् ।

रेमिट्यान्स घटेपनि विदेशी विनिमय सञ्चिति भनें बढेको छ । राष्ट बैंकको तथ्याँक अनुसार असोज मसान्तमा कुल विदेशी विनिमय सञ्चिति अघिल्लो बर्षको सोही अवधिको भन्दा २ दशमलव १ प्रतिशतले बढेर ६ खर्व ७९ अर्व रुपैंयाँ पुगेको छ ।

यो खवर कान्तिपुर दैनिकबाट लिइएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय