दोस्रो साधारण सभाबाट भुजेलको नेतृत्वमा आत्मनिर्भर सहकारी

खगेन्द्र कार्की, कतार मोरङ सुनसरी सेवा समाजमा आवद्ध व्यक्तिहरुद्वारा स्थापित आत्मनिर्भर सहकारीले मोरङको विराटचौकमा रहेको जनता माविको प्राङ्गणमा दोस्रो साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले नारायण भुजेलको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति सर्वसम्मत रुपमा चयन समेत गरेको छ ।

समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष उर्मिला कार्की, सचिव तुलसी सुबेदी, कोषाध्यक्ष सूर्यबहादुर थापा रहेका छन् । यसैगरी सदस्यहरुमा खडानन्द ढकाल, विमला चौहान, मित्रजंग थापा, मनुका थापा, सावित्रा बराल, प्रेम कार्की र दुर्गा घिमिरे छन् । त्यस्तै तीन सदस्यीय लेखा समितिमा संयोजक विवेक भट्टराई, सदस्यहरु शोभा कँडेल र संजीव खनाल रहेका छन् ।

“स्थानीय पूँजी साझा प्रयास, आत्मनिर्भरताका लागि हाम्रो अभ्यास” भन्ने उद्देश्यका साथ स्थापित संस्थाको साधारणसभामा संस्थाका अध्यक्ष छविप्रसाद सुवेदीले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष उर्मिला कार्कीले प्रस्तावित कार्ययोजना र संस्थाका सचिव विवेक भट्टराईले वार्षिक आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि गोकुलबहादुर थापाले मोसु कतारमा सन् २०११ को नोभेम्बर ११ देखि कतारबाट शुरु गरिएको “मोसु बचत तथा ऋण समूह” सञ्चालनको क्रममा नेपालमा सहकारी स्थापना गर्ने र प्रवास बसाई पछि स्वदेशमा आफ्नै गाउँघरमा सहकारीको माध्यमबाट स्वरोजगार तथा ब्यावसायिक बन्ने सोचका साथ आत्मर्निभर कृषि सहकारी संस्थाको परिकल्पना गरिएको बताए ।

कार्यक्रमका अतिथि मोसु नेपालका संस्थापक अध्यक्ष बासु खडकाले कृषि क्षेत्रमा नै नेपालको युवा स्वोरोजगारको बलियो सम्भावना रहेकोले कृषि सहकारीको माध्यमबाट स्वोरोजगार तथा आत्मर्निभर बन्न सकिने औंल्याएका थिए ।

साधारणसभाबाट नवगठित कार्यसमितिको सपथग्रहण पछि बोल्दै नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद भुजेलले आफ्ना केहि प्रतिबद्धता जनाएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय